३१ असोज जितपुर
नेपालीहरूको महान चाड शुभ दीपावली २०८२ सालको अवसर पारी विद्यार्थीहरूले भव्यतापूर्वक देउसी भैलो खेलेका छन्। होराइजन माविले आयोजना गरेको अन्तर सदनात्मक देउसी भैलो प्रतियोगितामा विद्यार्थीहरूले उत्साहजनक तरिकाले देउसी खेलेका हुन् ।

दुई तहमा विभिन्न चार सदन बीच गराइएको प्रतियोगितामा सिनियरतर्फ हरियो र रातो सदनले प्रथम स्थान हासिल गरेका छन्। निलो सदनले द्वितीय स्थान हासिल गर्दा सेतो सदन तृतीय भएको छ।

जुनियरतर्फ रातो सदन प्रथम हरियो सदन द्वितीय तथा निलो र सेतो सदनले तृतीय स्थान हासिल गरेका छन्।
यस्तै सोही अवसरमा आयोजित रङ्गोली प्रतियोगितामा हरियो सदनले प्रथम स्थान हासिल गरेको छ। रातो सदनले द्वितीय स्थान हासिल गर्दा निलो सदन तृतीय तथा सेतो सदनले सान्तवना स्थान हासिल गरेको विद्यालयले जनाएको छ।

प्रतियोगितामा विद्यार्थीहरूले नेपालीहरूको महान चाड शुभ दीपावलीको परम्परागत महत्व झल्किने गरी देउसी भैलो प्रस्तुत गरेका थिए। उनीहरूका प्रस्तुतिमा तिहारको परम्परागत महत्व त्यसको गरिमा र परम्परा प्रष्ट झल्किएको देखिन्थ्यो ।
साथै सोही अवसरमा उत्कृष्ट प्रतियोगीहरूलाई सम्मान समेत गरिएको विद्यालयले जनाएको छ।

कार्यक्रम होराइजन माविका प्राचार्य तथा सयपत्री क्याम्पसका क्याम्पस प्रमुख वासुदेव घिमिरेको अध्यक्षता तथा समाजसेवी हिमलाल पौडेलको प्रमुख अतिथ्यता, नृत्य निर्देशन सङ्घ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष लोकेन्द्र शाहको विशिष्ट अतिथ्यता नृत्य निर्देशक संघ कपिलवस्तुका अध्यक्ष सुमन पौडेलको विशेष अतिथ्यता विद्यालयका यातायात उपसमिति संयोजक बद्री काफ्ले लगायतको आतिथ्यतामा सम्पन्न भएको थियो।


