११ असोज बाणगंगा
शैक्षिक व्यक्तित्व बसन्तराज भुसालको निधनको शोकमा होराइजन मावि सिद्धिपुरले शोकसभा कार्यक्रम गरेको छ।

बाणगंगा नगर क्षेत्रको शैक्षिक उन्नयनमा लामो समयदेखि क्रियाशील एकजना शैक्षिक व्यक्तित्व एकजना शैक्षिक धरोहरलाई वाणगंगा नगरले गुमाएको छ। हामी यस घडीमा अत्यन्तै दुखित छौँ। प्राचार्य वासुदेव घिमिरेले भन्नुभयो
विद्यालयको प्राङ्गण बाडगंगा ४ सिद्धिपुरमा शनिबार गरिएको शोक सभामा विद्यालयका प्रधानाध्यापक वासुदेव घिमिरे विद्यालय इन्चार्ज मोहनप्रसाद बेलवासे ्मावि तह संयोजक गीता शर्मा आधारभूत तह संयोजक शालिग्राम आचार्य प्रावि तह संयोजक पदम पााणी ढुङ्गाना पूर्व प्राथमिक तह संयोजक चन्द्रा मल्लसेन विद्यालयका शिक्षक कर्मचारी विद्यार्थी लगायतले उहाँको निधनमा शोक व्यक्त गरेका थिए।


स्वर्गीय भुसाल बनगाईमा अवस्थित पारिजात माविका सञ्चालक सदस्य तथा युनाइटेड स्टुडेन्ट एकेडेमीका शिक्षक रहनुभएको थियो।

स्वर्गीय भुसालको विभिन्न स्वास्थ्य समस्याका कारण ५५ वर्षको उमेरमा शुक्रबार निधन भएको हो।
