कपिलवस्तुको बुद्धभुमी नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले पदबाट राजीनामा दिएका छन् ।
आज (मिति २०८२ भदौ २४) प्रमुख प्रशासकीय अधिकृतलाई सम्बोधन गर्दै राजीनामापत्र बुझाएका नगर प्रमुख श्रेष्ठले देशको बदलिदो परिस्थितिलाई ध्यानमा राखी चेनजि युवाहरूको आन्दोलनलाई समर्थन गर्ने उद्देश्यले नगर प्रमुख पदबाट हट्ने निर्णय गरेको जानकारी दिएका छन् ।
श्रेष्ठले आफूले नगर प्रमुख पदको जिम्मेवारी तत्कालीन परिस्थितिमा निर्वाह गर्न नसक्ने भएकाले आजकै मितिदेखि राजीनामा गरेको उल्लेख गरेका छन् ।
उनले आफ्नो निर्णयबारे बुद्धभुमी नगरवासीलाई जानकारी गराउँदै युवाहरूको आन्दोलनलाई सहयोग र समर्थन रहने स्पष्ट पारेका छन् ।




