प्रदर्शनपछि जेनजीले मनाउन थाले विजय उत्सव


२४ भदौ २०८२, मंगलबार  

28
Shares

सरकारले लगाएको कर्फ्यू आदेशको वास्तै नगरी अघि बढेका उनीहरूले सिंहदरबारसहित देशका प्रमुख प्रशासनिक कार्यालयमा आगजनी र तोडफोड गरेका छन् ।


२४ भदौ, काठमाडौं । सोमबार र मंगलबार दिनभर उग्र प्रदर्शन गरेका जेनजी प्रदर्शनकारीहरूले अहिले विजय उत्सव मनाउन थालेका छन् ।

सामाजिक सञ्जाल बन्दको विरोधमा सुरु गरिएको प्रदर्शन हिंसात्मक बनेपछि सोमबार १९ जनाको मृत्यु भएको थियो । त्यसपछि झनै आक्रोशित भएका जेनजी युवाहरू आज पनि प्रदर्शनमा उत्रिएका थिए ।


सरकारले लगाएको कर्फ्यू आदेशको वास्तै नगरी अघि बढेका उनीहरूले सिंहदरबारसहित देशका प्रमुख प्रशासनिक कार्यालयमा आगजनी र तोडफोड गरेका छन् ।


अहिले पनि कतिपय ठाउँमा प्रदर्शन रोकिएको छैन ।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  ६ : ०३ बजे