बन्द प्रशिक्षण सुरू


२७ असार २०८२, शुक्रबार  

70
Shares


ओम प्रकाश पौडेल
२७ असार,वाणगंगा ।


राष्ट्रिय स्वतन्त्र पार्टी लुम्बनी प्रदे स्तरीय बन्द प्रशिक्षण कार्यक्रम आजदेखि दाङमा सुरू भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी लमही दाङमा सुरू भएको शिविर असार २८ गते शनिवार सम्पन्न हुनेछ ।

मुलुककाे समसामयिक परिस्थिति र पार्टी सङ्गठन विस्तार तथा सुदृढीकरणका लागि आयोजित सिविरमा २० जना प्रदेश स्तरीय तथा केन्द्रीय नेताहरूको सहभागिता रहेको छ।

प्रशिक्षण विभाग लुम्बिनी प्रदेशको आयोजनामा तालिम सुरू भएको हो ।

तालिम उद्घाटन समारोह प्रदेश सभापति देवराज पाठकको सभापतित्व, केन्द्रीय सहमहामन्त्री र प्रशिक्षण विभाग प्रमुख, प्रदेश इन्चार्ज विपिन कुमार आचार्यको विशेष उपस्थितिमा सञ्चालन भएको लुम्बिनी प्रदेश प्रवक्ता कमल प्रसाद पोख्रेलले जानकारी दिनुभयो।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ८ : ३५ बजे