विद्यार्थीको चौतर्फी विकासमा विशेष जोड दिएका छौँ– मल्ल


१ फाल्गुन २०८१, बिहिबार  

266
Shares


कमला सापकोटा पौडेल
वाणगंगा, १ फागुन ।


विद्यार्थीको चौतर्फी विकासमा अन्नपूर्ण विद्या मन्दिरले विशेष जोड दिइ रहेको प्राचार्य मदन मल्लले बताउनु भएको छ ।
विद्यालय परिसरमा विहिवार सम्पन्न खाना महोत्सव तथा शैक्षिक प्रदर्शनी कार्यक्रमलाई सम्बोधन गर्दै प्राचार्य मल्लले केबल कोरा शिक्षा आर्जन र रटानमा मात्र नभई एउटा विद्यार्थी मानव जीवनका अन्य विविध पाटामा पनि योग्य हुनुपर्ने भएकोले विद्यार्थीको चौतर्फी विकास हुने खालका कार्यक्रम सञ्चालनमा विद्यालयले बढी प्रयत्न गरिरहेको उहाँले बताउनु भएको हो ।


कार्यक्रमलाई सम्बोधन गर्दे वडाध्यक्ष समेत रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुनिका प्रसाद भुसालले अन्नपूर्ण विद्या मन्दिरका विद्यार्थीहरु केबल शैक्षणिक क्रियाकलापमा मात्र नभई अतिरिक्त क्रियाकलापमा पनि उत्कृष्ट रहेको जग जाहेर रहेको दावी गर्नु भयो । “केबल यो अन्नपूर्ण विद्या मन्दिरको कुरा मात्रै होइन वडा भित्र रहेका अन्य सम्पूर्ण सरकारी सामुदायिक विद्यालयहरुमा पनि विद्यार्थीको सर्वाङ्गिण विकास हुने गरि पठनपाठन सञ्चालन गर्न विशेष पहल गरिरहेको छु” भुसालले भन्नुभयो ।
साथै सोहि अवसर पारी खेल सप्ताहका उत्कृष्ट खेलाडीहरुलाई पुरस्कृत तथा सम्मानीत गर्नुका साथै खाना महोत्सव अन्तर्गत विद्यार्थीहरुले विभिन्न परम्परागत खानाका स्वादीष्ट परिकारहरु पस्किएका थिए । शैक्षिक प्रदर्शनी अन्तर्गत विद्यार्थीहरुद्धारा निर्मित विभिन्न चित्रकला हस्तकलाका सामग्रीहरु प्रदर्शन गरिएको विद्यालयले जनाएको छ ।


प्राचार्य मदन मल्लको अध्यक्षता, वडा नम्बर ६ का वडाध्यक्ष करुण टण्डनको प्रमुख आतिथ्यता, वडा ५ का वडाध्यक्ष दुनिका प्रसाद भुषालको विशिष्ट आतिथ्यता, सल्लाहकार युवराज अर्याल, विद्यालय व्यवस्थापन समिति सदस्य कमल प्रसाद खनाल, खोम बहादुर कार्की, शेयर सदस्य मधु गौतम भुसाल, लक्षमण भुसाल, टेकनाथ भण्डारी, जीवन क्षेत्री, रामनाारायण चौधरी, रामवली चौधरी, समाजसेवी शिक्षाप्रेमी मोहन ज्ञवाली, गोपाल शर्मा लगायतको आतिथ्यता, बालिका दहालको स्वागत तथा लेखा प्रमुख कपिल घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहिबार  ९ : ५९ बजे