ओम प्रकाश पौडेल
सिद्धिपुर, २१ माघ ।
कपिलवस्तु जिल्लाको पहिलो क वर्गको विद्यालय होराइजन अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयमा सोमबार ७८ जना बालबालिकाले अक्षरारम्भ गरेका छन् ।

वसन्त पञ्चमी अर्थात सरस्वती पूजाको अवसर पारी विद्यालय परिसरमा रहेको सरस्वती माताको मन्दिरामा विधि पूर्वक पूजा आराधना गरि १६ संस्कार मध्येको एक अक्षरारम्भ गरिएको प्राचार्य बासुदेव घिमिरेले जानकारी दिनुभयो ।

“प्रदेश तथा देशकै सर्वाेत्कृष्ट शैक्षिक संस्थाको छवि बनाएको होराइजनमा आफ्नो छोरीलाई अक्षरारम्भ गराउन पाउनु हाम्रो लागि खुसीको कुरा हो । यहाँ बाबु नानीलाई भनाई गराई सकेपछि विद्यालय तथा क्याम्पस स्तर सम्मको पढाईका लागि कुनै धन्दा मान्नु पर्दैन् ।” सोमबार छोरीलाई अक्षरारम्भ गराउन आई पुग्नु भएका सागर घिमिरेले भन्नुभयो ।

विद्यालय तथा क्याम्पस तहमा समेत अब्बल नतिजा रहेको होराइजन मावि (एसईई चार जीपीए) र त्यसकै अभिन्न अंग सयपत्री क्याम्पस सिद्धिपुर (बीबीएस नेपाल तृतीय) मा विद्यार्थी चाप अत्याधिक रहेको छ ।
केहि तस्वीरहरु

















