ओम प्रकाश पौडेल
सिद्धिपुर, ९ माघ ।
होराइजन अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालय र होराइजनकै अभिन्न अंग सयपत्री क्याम्पस वाणगंगा ४ सिद्धिपुर कपिलवस्तुमा विद्यार्थीहरुको शारीरिक तन्दुरुस्ती अभिवृद्धिका लागि खेल सप्ताह कार्यक्रम बुधवारबाट विद्यालयको मैदान सिद्धिपुर र बुद्ध रंगशाला जितपुरमा एकैसाथ सुरु भएको छ । खेलकूद व्ययम मार्फत शारीरिक मानसिक तथा संवेगात्मक विकास गरि विद्यार्थीको सर्वाङ्गिण विकासमा हामीले थप प्रयत्न गरिरहेका छौँ” प्रधानध्यापक तथा क्याम्पस प्रमुख बासुदेव घिमिरेले भन्नु भयो ।
खेल सप्ताह तहगत रुपमा विभिन्न प्रतिश्पर्धात्मक खेलहरु पहिलो दिन सञ्चालन भएको प्रधानध्यापक घिमिरेले जानकारी दिनुभयो ।

पूर्व प्रा.वि. तहमा चम्चा दौड, किताब दौड, प्रावि तहमा चम्चा दौड, नि.मा.वि तह कुर्सि दौड, इन आउट, मावि तह कक्षा ८ देखि १० मा सटपट ज्याभलिन थ्रो, मावि तह कक्षा ११, १२ मा छात्रा म्युजिकल चियर, छात्र टग अफ वार खेल सञ्चालन भएको विद्यालयले जनाएको छ । विविएस तह सयपत्री क्याम्पस तर्फ भने स्लो साइकल रेस लगायतका खेल खेलाइएको छ । मौषमी चिसोका कारण शिथिल बनेको शरीरमा स्फूर्ती थपिएको भन्दै विद्यार्थीहरु उत्साहित भएका छन् ।
“