ओम प्रकाश पौडेल
वाणगंगा २९ मंसिर ।
स्थानीयहरु नै सञ्चालक रहेको आफ्नै गाऊँ घरका सहकारीमा रकम जम्मा गर्न डराउनु नपर्ने लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले बताउनु भएको छ । सहकारी ठगी प्रकरण चुलिएको बेला प्रदेश सभा सदस्य पन्थीले नचिनेका शेयर सदस्य तथा सञ्चालकहरु रहेका प्रकृतिका धेरै जसो सहकारीहरुमा ठगी भएको पाइएको भन्दै वाणगंगाका सहकारी सबल रहेकोले कारोबार गर्न हिचकिचाउनु नपर्ने बताउनु भएको हो ।

बरवा कृषि सहकारी संस्था लिमिटेडको १५ औँ साधारण सभा कार्यक्रमलाई वाणगंगा ११ बरवामा शनिवार सम्बोधन गर्दै उहाँले सो सहकारीको संस्थागत विकासमा विगत देखि नै आफूले योगदान गरेको स्मरण गर्दै आगामी दिनमा पनि थप बजेट विनियोजनका लागि पहल गर्ने प्रतिवद्धता समेत जनाउनु भयो ।
भाडाको घरमा अब्यवस्थित तरिकाले विगतमा सञ्चालन भैरहेकोमा हाल सुविधा आफ्नै भवनमा सञ्चालन हुने अवस्थामा आफू र आफ्नो नेतृत्वले सहकारीलाई ल्याई पु¥याएको र यसको थप विकासका लागि यथासक्य प्रयासहरु गरिरहेको अध्यक्ष राम नारायण मरासिनीले बताउनु भयो ।
उत्पादनमूलक क्षेत्रमा लगानी बढाई स्थानीय बासिन्दा र सहकारीको आर्थिक समृद्धिको अभियानमा आफू अनवरत रुपमा क्रियाशिल रहेको बताउँदै सम्पूर्ण शेयर सदस्य ज्यूहरुलाई रचनात्मक सहयोगका लागि उहाँले अनुरोध गर्नुभयो ।
कार्यक्रम सहकारीका अध्यक्ष राम नारायण मरासिनीको अध्यक्षता, प्रदेश सभा सदस्य विष्णु पन्थीको प्रमुख आतिथ्यता, वाणगंगा नगरका उपप्रमुख रीता कुमारी चौधरी र वाणगंगा ११ का वडाध्यक्ष नरेन्द्र कुमार थारुको विशिष्ट आतिथ्यता, आपंगता वचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष हेमनाथ ज्ञवाली, जनमैत्री सहकारीका अध्यक्ष सरस्वती गौतम, अपांग उत्थान समाज कपिलवस्तुका अध्यक्ष कमल प्रसाद ढुंगाना, वरवा सहकारीका सल्लाहकार कमल चुँदाली, हथौसा उपभोक्ता सहकारीका अध्यक्ष कमला चुँदाली, वडा सदस्य इमकला केसी, साना किसान सहकारी संस्था लिमिटेड ओदारीका व्यवस्थापक माया भट्टराई,नव ज्योती सहकारीका प्रतिनिधी केमकला जैसी लगायतको आतिथ्यता रहेको कार्यक्रम उपाध्यक्ष यममाया थापाको स्वागत र सहसचिव बलराम आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।
विं.सं.२०६७ सालमा दर्ता भएको बरवा शहकारी हाल ३४१ जना शेयर सदस्य रहेका छन् भने सहकारीले कृषकका लागि विउ पल, मलखाद, विभिन्न कृषि ऋण उपलब्ध गराउँदै आएको ब्यवस्थापक चुरामणी पौडेलले जानकारी दिनुभयो ।
