भाईटिका मनाउन भारत बाट नेपाल आउँदै गरेको कार दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । भारतको पंजाब राज्यबाट बढ्नी नाका हुँदै घर फर्किरहेको पिबि १० जेएन ६१९९ हुण्डाई कार र युपी ४७ टी २७०३ नम्बरको रोडवेज बस एक आपसमा ठक्कर खाएको थियो ।
आज बिहान साढे ५ भएको दुर्घटनामा परी कपिलवस्तु बाणगंगा नगरपालिका ९ बर्दहवाका दिनेश बेल्बासे र गैडाकोट नगरपालिका वडा नम्बर ६ का अनिल सापकोटाको निधन भएको थाना पचपेडवा बलरामपुरले प्रेस बिज्ञप्ती मार्फत जनाएको छ । कारमा सवार मृतक बेल्बासेका पत्नी शारदा बेल्बासे, बाणगंगा नगरपालिका जितपुर चार नम्बर निवासी टेक बहादुर र उहाँको पत्नी धनकाला घाइते हुनु भएको बलरामपुर प्रहरीले जनाएको छ ।
१७ कार्तिक २०८१, शनिबार
448
Shares