माओवादीले गठबन्धन चुनावी नगर्ने



माओवादीले मंसिर १६ मा तय भएको स्थानीय तहको उपनिर्वाचनमा कांग्रेस एमालेबाहेक अन्य दलसँग गठबन्धन गर्ने विकल्प खुला राखेको छ ।

अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचनमा माओवादी एक्लै चुनावमा जाने बताइरहेकै बेला उपनिर्वाचनमा  गठबन्धन गर्ने तयारी गरेको हो ।

माओवादीले सोमबार प्रदेश समितिहरुलाई ‘विशेष परित्रपत्र’ गरी स्थानीय तहको उपनिर्वाचनमा सकेसम्म एकल उम्मेदवारी दिने उल्लेख गर्दै आवश्यकताका आधारमा सत्तारुढ कांग्रेस एमाले बाहेक वाम–देशभक्त दलहरुसँग सहकार्यका लागि पहल गर्न निर्देशन दिएको छ ।

‘आगामी मंसिर १६ गते हुन गइरहेको स्थानीय तहको उपनिर्वाचनका लागि एकल रुपमा चुनाव लड्ने तयारी गर्ने । यसका साथै सत्तारुढ दल बाहेकका वाम–देशभक्त दलहरूसँगको सहकार्यलाई अगाडि बढाउन पहल गर्ने’ अध्यक्ष पुष्पकमल दाहाल र महासचिब देव गुरुङले हस्ताक्षर गरेका परित्रपत्रमा निर्देशन गरिएको छ ।

२०७९ मा भएको स्थानीय तहको निर्वाचन भएपछि स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख २, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ३ र वडा अध्यक्ष ९ तथा नगरपालिका प्रमुख १, उपप्रमुख १ र वडा अध्यक्ष २१ गरी जम्मा ३९ रिक्त पदमा मंसिर १६ मा निर्वाचन गर्ने कार्यतालिका छ ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  ७ : ४२ बजे