संसदको दुवै सदनमा यही जेठ २० गतेदेखि आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफलमा हुने भएको छ।
आजको संयुक्त बैठकमा प्रस्तुतपछि अर्थमन्त्री वर्षमान पुनले दुवै सदनमा बजेट टेबुल गरेका हुन्।
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले यही जेठ २०, २१ र २२ गते सभामा बजेटमाथि सामान्य छलफल र २२ गते नै अर्थमन्त्रीले छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफका लागि तोकेका छन्।
राष्ट्रियसभाको अर्को बैठक यही जेठ २० गते आइतबार अपराह्न १: १५ बजे बस्ने छ।
यस्तै उक्त बजेटमाथि सामान्य (सैद्धान्तिक) छलफलका लागि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले यही जेठ २०, २१ र २२ गतेका दिन तोकेका छन्।
अर्थमन्त्री पुनले छलफलमा उठेका प्रश्नको जवाफ जेठ २३ गते दिने कार्यक्रम तय गरिएको छ। प्रतिनिधिसभाको अर्को बैठक यही जेठ २० गते आइतबार विहान ११ बजे बस्नेछ।