दाहालको आलोचना


३० फाल्गुन २०८०, बुधबार  

0
Shares

सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहालको आलोचना गरेका छन्।

नयाँ सत्ता समिकरण निर्माण गर्ने कुरा नेकपा (एकीकृत समाजवादी) लाई थाहा नदिएकोमा प्रधानमन्त्री दाहालप्रति उनको आक्रोश थियो। बुधवार प्रतिनिधिसभा बैठकमा बोल्दै उपाध्यक्ष पाण्डेले प्रधानमन्त्रीले पछिल्लो गठबन्धन बनाउने वेला आफूहरूलाई अलपत्र छोडेर हिँड्ने अनैतिक काम गरेको भन्दै आपत्ति जनाए। उनले काँग्रेस र एमाले मिलेर अघि बढे बेहाल हुने अवस्थामा प्रधानमन्त्रीको रहेको पनि बताए।

उपाध्यक्ष पाण्डेले भने, ‘मेरो पार्टी पनि सरकारमा सहभागी भएको हुनाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने प्रस्तावको समर्थन गर्न म उभिएको छु। संविधानको रक्षाका लागि, व्यक्तिवादका विरुद्ध विद्रोह गरेर आएका हामी तपाईंहरूले बनाएको गठबन्धनमा थियौं। हामीलाई बाटोमा छोडेर खोलाको बगरमा खोलाले बगाएर लगेको ठुटोलाई छोडेझैं गरी छोडर हिँडनु भयो। योभन्दा अनैतिकता के हुन्छ ?’

उपाध्यक्ष पाण्डेले प्रधानमन्त्री दाहालसँग धैर्यपूर्वक सुन्नसक्ने क्षमता भएकाले आफूले उनीमाथि गुनासो गरेको बताए। 

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  ३ : ५४ बजे