९ फाल्गुन २०८०, बुधबार
नेपाली कांग्रेसको महासमिति बैठक आज पनि जारी रहने छ । आजको बैठकमा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल सुरु हुनेछ ।
ललितपुरको गोदावरीमा सोमबार सुरु भएको बैठकमा हिजो उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा पार्टी प्रवक्ता डा. प्रकाशशरण महतलगायत पाँच जनाले विभिन्न पाँच प्रतिवेदन पेस गरेका छन् ।
हिजो प्रस्तुत प्रस्तावमा चुनावी गठबन्धनबारे महामन्त्रीद्वयका धारणा फरक फरक आएको थियो । महामन्त्री थापाले भविष्यमा हुने आवधिक निर्वाचन आफ्नै ताकतमा एक्लै लड्ने र मतदातालाई नेपाली कांग्रेसको चुनाव चिह्न ‘रूख’ मा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नुपर्ने उल्लेख गरेका छन् ।
अर्का महामन्त्री शर्माले सो विषयमा निर्वाचन आउनुभन्दा चार वर्ष अघि नै छलफल गर्नु खासै आवश्यक विषय नभएको उल्लेख गरेका छन् । उनले उपयुक्त समयमा उपयुक्त निर्णय लिनु सान्दर्भिक हुने जनाएका छन् ।
•