कमला सापकोटा पौडेल
वाणगंगा, ७ फागुन ।
राष्ट्रिय स्वतन्त्र पार्टी कपिलवस्तुले खुला सभाको तयारीलाई तिब्रता दिएको छ । संगठन विस्तारमा निरन्तर लागि रहेका पार्टी पदाधिकारीहरु अहिले भने जिल्ला सभाको तयारीमा जुटेका छन्। पार्टी सभापति रवि लामिछाने लगायतका केन्द्रीय शीर्ष नेताहरुको सम्बोधन रहने बहुप्रतिक्षित कार्यक्रम यहि फागुन १२ गते शनिवारका लागि तय भएपछि पार्टी नेताहरुको क्रियाशिलता बढेको छ ।
खुला सभापछि जिल्लामा पार्टी अझ सबल भएर अगाडी बढ्नेमा हामी विश्वस्त छौँ । हामी हरेक प्रकारका बेथिति विसंगतीको विरोध गर्दै मुलुकको माटो सुहाउँदै राजनीतिक संस्कार विकासमा कटिबद्ध छौँ, पार्टीका लुम्बिनी प्रदेश प्रवक्ता कमल पोख्रलले भन्नुभयो ।
यहि फागुन १२ गते शनिवार बुद्ध रंगशाला कपिलवस्तुमा पार्टी सभापति रवि लामिछाने ज्यू, केन्द्रीय सदस्य अर्जुन अधिकारी ज्यू लगायतका शीर्ष नेता आउँदै हुनुहुन्छ, उहाँहरु संग साक्षातकार गर्न, आफ्ना अरु केहि गुनासा भए पार्टी सभापति समक्ष राख्न र बेथिति विसंगती भ्रष्टाचार विरुद्ध घण्टी बजाउनका लागि कार्यक्रममा आउनुहुन जिल्लाबासी सम्पूर्ण आमा बुवा दाजु भाई दिदि बहिनीहरुमा हार्दिक निमन्त्रणा गर्दछु, जिल्ला संयोजक शिव कुमार सुवेदी भन्नुहुन्छ । । सभापति रवि लामीछाने लगायतका शीर्ष नेताको ब्यग्र प्रतिक्षामा कपिलवस्तुवासी रहेको उहाँले दावी गर्नुभयो ।
मुलुकमा परिवर्तनहरुका नाममा विभिन्न व्यवस्थाहरु परिवर्तन भए पनि आम जनताको अवस्थामा सुधार भएको छैन् । जनताका अपेक्षा लत्याउँदै गलत नियतबस प्रत्यक्ष वा परोक्ष रुपमा आर्थिक अनियमितता गर्न तर्फ मात्रै पुराना दलहरु ज्यादै लिप्त भएपछि खबरदारीपूर्ण पत्रकारिताको पृष्ठभुमिबाट राजनीतिमा होमिएका रवि लामिछानेले गठन गरेको राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी प्रति आम जनताको आकर्षण बढेको अधिकारकर्मीहरुको विश्लेषण छ ।
७ फाल्गुन २०८०, सोमबार
7.3k
Shares