नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक केन्द्रीय कार्यालय, सानेपामा बसेको छ।
बैठकमा महासमिति बैठकका एजेन्डाबारे छलफल भइरहेको छ। कांग्रेस नेता मीनबहादुर विश्वकर्माले फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा बस्ने महासमितिको बैठकको तयारी अन्तिम चरणमा पुगेको जनाएका छन्।
बैठकको लागि तयार पारिने स्वागत गेटमा पार्टीका संस्थापक नेता विपी कोइराला र सभापति शेरबहादुर देउवाको तस्बिर राख्ने पनि जनाएको छ।
महासमिति बैठकको नारा ‘राजनीतिक स्थायित्व, रूपान्तरण र नवीनता, स्वतन्त्रता, न्याय र समानता, नेपाली कांग्रेसको नीतिगत प्रतिबद्धता’ भन्ने रहेको छ।