बसन्त पञ्चमीको अवसरमा सयपत्री तथा होराइजनमा अक्षरारम्भ, नवनिर्मित बाल उद्यानको समुदघाट्न ।


२ फाल्गुन २०८०, बुधबार  

1.8k
Shares

कमला सापकोटा पौडेल
वाणगंगा २ फागुन ।

बसन्त पञ्चमीको अवसर पारी होराइजन अंग्रेजी आवासीय माध्यमिक विद्यालय वाणगंगा ४ सिद्धिपुर कपिलवस्तुमा सरस्वती पुजा तथा अक्षरारम्भ कार्यक्रम सञ्चालन गरिएको छ। विद्यार्थीहरुको उत्साहजनक सहभागीतामा सम्पन्न भएको कार्यक्रममा स साना नानीबाबुहरुले अक्षरारम्भ गरेका छन् ।


कार्यक्रम अन्तर्गत विद्यालय परिषरमा रहेको सरस्वती भगवानको मन्दिरमा विधिपूर्वक पूजा आजा गर्नुका साथै अक्षरारम्भ गरेका विद्यार्थीहरुलाई सम्मान समेत गरिएको विद्यालयका पूर्व प्रा.वि. संयोजक चन्द्रा मल्ल सेनले जानकारी दिनुभयो ।
विद्यालयका प्राचार्य बासुदेव घिमिरेले कर्ताका रुपमा भुमिका निर्वाहा गर्नु भएको पुजा आराधना कार्यक्रममा विद्यार्थीहरुले सरस्वती माताको पुजा आराधना सरस्वती बन्दना गरि सत्बुद्धि पाऊँ भनि आशिष मागेका छन् ।


साथै सोहि अवसरमा विद्यालय परिसरमा निर्मित नयाँ बाल उद्यानको समुद्घाटन समेत गरिएको विद्यालयका प्रा.वि. तह संयोजक पदमपाणी ढुंगानाले जानकारी दिनुभयो ।


कार्यक्रममा सितगंगा नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष दुर्गा बहादुर विसिको प्रमुख आतिथ्यता, सयपत्री क्याम्पसका प्रवन्ध निर्देशक सुरेन्द्र घिमिरे, विद्यालय व्यवस्थापन समिति सदस्यहरु हुमनाथ पौडेल, रामजी सेन, ज्ञानराज भण्डारी लगायत, प्लस टु संयोजक मोहन बेल्वासे, मावि तह कार्यवहाक संयोजक प्रेमराज पोख्रेल, अतिरिक्त क्रियाकलाप संयोजक शिव सुवेदी, सांस्कृतिक विभाग प्रमुख कान्ता गहतराज, नेपाली विषय विभाग प्रमुख विष्णु तिवारी, गणित विषय विभाग प्रमुख दधिराम ज्ञवाली, अंग्रेजी विषयका वरिष्ठ शिक्षक पुष्कर पन्थीको आतिथ्यता रहेको थियो ।


यस्तै सरस्वती पुजाकै अवसर पारी होराइजन माविको अभिन्न अंग सयपत्री क्याम्पसमा पनि सरस्वती माताको पुजा आरधना सम्पन्न गरिएको विद्यालयले जनाएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ८ : ०४ बजे