वेस्ट इन्डिज विरूद्धको श्रींखलामा अष्ट्रेलियाकाे जीत


२१ माघ २०८०, आइतबार  

0
Shares


अष्ट्रेलियाले वेस्ट इन्डिज बिरुद्धको एक दिवसीय श्रृंखला जितेको छ । आइतबार भएको दोस्रो खेलमा ८३ रनले पराजित गरेसँगै अष्ट्रेलियाले २–० ले श्रृंखलामा कब्जा जमाएको हो । 

अष्ट्रेलियाले घरेलु मैदानमा भएको वेस्ट इन्डिजविरुद्धको एक दिवसीय श्रृंखला जितेको छ । आइतबार भएको दोस्रो खेलमा ८३ रनले पराजित गरेसँगै अष्ट्रेलियाले २–० ले श्रृंखलामा कब्जा जमाएको हो । 

सिड्नीमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली अष्ट्रेलियाले निर्धारित ओभरमा ९ विकेट गुुमाउँदै २५८ रन बनाएको थियो ।

अष्ट्रेलियाका लागि सिन एबोटले सर्वाधिक ६९ रन बनाए । त्यस्तै म्याथ्यु सर्टले ४९, क्यामरुन ग्रिनले ३३ रन बनाउँदै आउट भए । मार्नुस लाबुचाङगे र आरोन हार्डिले समान २६–२६ रनको योगदान गरे । 

वेस्ट इन्डिजका लागि गुडाकेश मोटिईले तीन,  अल्जारी जोशेफ र रोमारियो शेपहर्डले समान दुई दुई विकेट लिँदा म्याथ्यु फोर्डे र ओशेन थोमसले एक एक विकेट लिए । 

अष्ट्रेलियाले दिएको २५९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ४३.३ ओभरमा १७५ रनमा समेटियो । 
वेस्ट इन्डिजका लागि केशी कार्टीले ४०, साई होपले २९, रोस्टन चेशले २५ रनको योगदान गरे । त्यस्तै अल्जारी जोशेफले १९ रनको योगदान गर्दा अलिक अथानेजले ११ रनको योगदान गरे । 

अष्ट्रेलियालाई जित दिलाउन जोश ह्याजवुड र सिन अबोटले तीन तीन विकेट लिँदा विल सुथरल्याण्डले दुई तथा एडम जाम्पा र आरोन हार्डिले एक एक विकेट लिए । 

यसअघि सिरिजको पहिलो खेलमा अष्ट्रेलियाले वेस्ट इन्डिजलाई ८ रनले पराजित गरेको थियो । 

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ८ : ०८ बजे