बंगलादेशमा जारी यु–१९ महिला साफ फुटबलमा नेपालले पहिलो जित निकालेको छ । पहिलो जित निकाल्ने क्रममा नेपालले भुटानलाई १–० गोलले पराजित गरेको हो ।
नेपाललाई जित दिलाउन सेनु परियारले गरेको गोल निणार्यक रह्यो । उनले खेलको ५४ औं मिनेटमा भुटानको गोलरक्षकलाई विट गर्दै उत्कृष्ट गोल गरेकी हुन् ।
नेपालले भुटानलाई पराजित गरेसँगै पहिलो तीन अंक जोडेको छ । पहिलो खेलमा नेपाल आयोजक बंगलादेशसँग ३–१ गोलले पराजित भएको थियो । त्यस्तै भुटान भारतसँग १०–० गोलले पराजित भएको थियो ।
जितसँगै नेपालले फाइनलको सम्भावनालाई जिवितै राखेको छ भने पराजित भएको भुटान प्रतियोगिताबाट बाहिरिएको छ ।
नेपाल, बंगलादेश तथा भुटान र भारत सहभागी प्रतियोगितामा तालिकाको शीर्ष दुई टोलीले सिधै फाइनलमा स्थान बनाउनेछन् ।