कमला सापकोटा पौडेल
१२ माघ, कपिलवस्तु
होराइजन अंग्रेजी आवासीय माध्यमिक विद्यालयलमा जारी खेल सप्ताह अन्तर्गत आज पनि विभिन्न प्रतिश्पर्धा भएका छन् ।
पूर्व प्राथमिक, प्राथमिक, निमावि, मावि लगायत सबै तहमा अध्ययन गर्ने विद्यार्थीहरु विचमा तह अनुसारका विभिन्न प्रतियोगिताहरु भएका हुन् । बेलुन रेस, हट पोटेटो, स्पोन रेस, ब्याग प्याकिङ्ग रेस, म्युजिकल चियर, म्याथमेटिकल रेस, हाई जम्प, लङ्ग जम्प, सट पट, ज्याभलिन थ्रो, दौड लगायतका खेल विद्यार्थीहरुको उत्साहजनक सहभागीतामा सम्पन्न भएको पूर्व प्रा.वि. तह संयोजक चन्दा मल्ल सेनले जानकारी दिनुभयो ।
खेल अन्तर्गत मावि तहको छात्रा १०० मिटर दौडमा कक्षा ८ डाँफेकी दिप्सना खत्री प्रथम, सोहि कक्षाकै नीलम आचार्य द्धितीय, र कक्षा ९ डाँफेकी डिम्पल ग्रैरेले तृतीय स्थान हासिल गरेका छन् । त्यस्तै १०० सय मिटर छात्र दौडमा कक्षा ९ मुनालका सन्देश खाण प्रथम, सोहि कक्षाका प्रशान्त गुरुङ्ग द्धितीय तथा कक्षा ८ मयुरका युनिस भण्डारी र नीसान गैरेले तृतीय स्थान हाशिल गरेका छन् ।
४०० सय मीटर छात्रा दौडमा कक्षा ८ डाँफेकी निलम आचार्यले सर्वाेत्कृष्टता प्राप्त गरेकी छिन् ।
यस्तै छात्रा ज्याभलिन थ्रो प्रतियोगितामा दिपिका भुषाल प्रथम, कक्षा ८ डाँफेकी प्रिती सुनार द्धितीय र सोही कक्षाकै सविना आचार्यले तृतीय स्थान हासिल गरेका छन् ।
९०० मिटर छात्र दौडमा रोशन खाण प्रथम, सिद्धान्त पौडेल द्धितीय र प्रशान्त गुरुङ्गले तृतीय स्थान हाशिल गरेका छन् ।
२०० मीटर छात्रा दौडमा कक्षा ९ डाँफेकी डिम्पल गैह्रे प्रथम, कक्षा ८ डाँफेकी नीलम आचार्य र सोहि कक्षाकी दीप्सना खत्रीले तृतीय स्थान प्राप्त गर्न सफल भएका छन् ।
२०० मीटर छात्र दौडमा कक्षा ९ का आर्यन सुनार प्रथम, निशान गैरे र रोशन खाण द्धितीय अमृत वेल्वासे र डिप्लभ न्यौपाने तृतीय भएका छन् ।
यस्तै ४०० मीटर दौडमा कक्षा ८ मुनालका आर्यन रजाली, प्रथम, कक्षा ८ डाँफेका सिद्धान्त पौडेल द्धितीय तथा सोहि कक्षाका किशोर चौधरीले तृतीय स्थान हाशिल गरेको अतिरिक्त क्रियाकलाप संयोजक शिव कुमार सुवेदीले जानकारी दिनुभयो ।
ज्याभ्लिन थ्रो छात्रमा रोशन खाण प्रथम, सिद्धान्त पौडल द्धितीय र प्रसान्त गुरुङ्गले तृतीय स्थान प्राप्त गरेका छन् ।
म्याथमेटीकल दौडमा छात्र तर्फ कक्षा ९ डाँफेको अमन भटराई प्रथम, कक्षा ८ मयुरका अस्तक वेल्वासे र कक्षा ९ मयुरका डीप्लभ न्यौपाने तृतीय स्थान हाशिल गरेको विद्यालयका विज्ञान विषय विभाग प्रमुख तथा कार्यबहाक मावि तह संयोजक प्रेम राज पोख्रेलले जनाउनु भयो ।
यस्तै सोहि श्पार्धामा छात्रा तर्फ सदिक्षा गैरेले सर्वाेत्कृष्टता प्राप्त गरेकी छिन् ।
लङ्ग जम्प छात्र तर्फ प्रशान्त गुरुङ्ग, आर्यन सुनार द्धितीय तथा दिप्सन रोका र सन्देश खाणले तृतीय स्थान प्राप्त गरेको विद्यालयका गणित विषय विभाग प्रमुख दधिराम ज्ञवालीले जानकारी दिनुभयो ।
यस्तै सोहि प्रतिस्पर्धामा छात्रा तर्फ कक्षा ८ डाँफेकी दीप्सना खत्री प्रथम, नीलम आचार्य द्धितीय तथा सविना आचार्यले तृतीय स्थान हाशिल गरेको नेपाली विषय विभाग प्रमुख विष्णु तिवारीले जानकारी दिनुभयो ।
हाइजम्प छात्र तर्फ प्रशान्त गुरुङ्ग प्रथम, दिप्सन रोका द्धितीय, तथा सन्देश खाण र आर्यन सुनार तृतीय हुँदा छात्रा तर्फ भने सविना आचार्य प्रथम, दीप्सना खत्री द्धितीय र नीलम आचार्य तृतीय भएको अंग्रेजी विषय विभागका वरिष्ठ शिक्षक पुस्कर पन्थीले जनाउनु भएको छ ।
सबै तहका विद्याथीैहरुको उत्साहजनक सहभागीता माघ ११ देखि खेल सप्ताह विद्यालयमा जारी रहेको प्रा.वि. तह संयोजक पदम पाणी ढुंगानाले बताउनु भयो ।
शैक्षिक नतिजामा सर्वाेत्कृष्टताको अलावा अतिरिक्त क्रियाकलापमा पनि हामीले विशेष जोड दिएका छौँ, सर्वाेत्कृष्ट नतिजा ल्याउन विद्यार्थी सफल भएका छन्, निमावि तह संयोजक शालिकराम आचार्यले भन्नु भयो ।
होराईजन स्कुल, कलेज तथा सयपत्री क्याम्पसले शैक्षिक नतिजामा एक पछि अर्काे रेकर्ड कायम गरिरहँदा अतिरिक्त क्रियाकलाप तर्फ पनि अझ अब्बल भएर निस्किएका छन्, आम अभिभावक ज्यूहरुले जिल्लाको पहिलो क वर्गको विद्यालय यस होराइजन अंग्रेजी आवासीय माध्यमिक विद्यालय प्रति दर्शाएको अगाध स्नेह प्रति हामी नतमस्तक छौँ प्राचार्य तथा क्याम्पस प्रमुख बासुदेव घिमिरेले भन्नु भयो ।
कपिलवस्तु जिल्लामा पहिलो पटक दुई वर्ष सम्म एस ई ईमा लगातार ४ जीपीए ल्याउँदै जिल्ला तथा प्रदेशको शान र राष्ट्रकै गौरबका रुपमा सु परिचित विद्यालय होराइजन मावि जितपुर शैक्षिक गुणस्तरको पर्यायवाची बन्न पुगेको प्रति जिल्लाबासीले गर्व गरेको घिमिरेको दावी छ ।