केएमसी चिकित्सक निलम्बन : समस्या समाधान गर्न शिक्षामन्त्रीको निर्देशन


१७ पुस २०८०, मंगलबार  

0
Shares

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले काठमाडौं मेडिकल कलेजबाट निलम्बित आवासीय चिकित्सक डा. विशद दाहालको कारबाही यथाशीघ्र फुकुवा गर्न काठमाडौं विश्वविद्यालयलाई निर्देशन दिएका छन्। काठमाडौं विश्वविद्यालयको सहकुलपतिका हैसियतले मन्त्री राईले त्यस्तो निर्देशन दिएका हुन्। 

मन्त्री राईको उक्त निर्देशनबारे मन्त्रालयका सचिव सुरेश अधिकारीले प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिलाई आज जानकारी गराउँदै निजमाथिको निलम्बन फुकुवा गरी विश्वविद्यालयले तय गर्ने मापदण्ड जारी भएपछि मात्रै चिकित्सकहरूलाई स्वास्थ्य शिविरमा परिचालन गराउन  निर्देशन दिइएको बताए।  

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  १० : ३३ बजे