कोशी प्रदेश सरकारद्वारा पूर्व–बजेट तयारी तिव्र

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१÷०८२ को पूर्व–बजेट तयारी तिव्र पारेको छ। पूर्वबजेट तयारीका सम्बन्धमा प्रदेश सरकारका सचिवहरूसँग छलफल भएको हो। कोशी प्रदेश सभाको अर्थ समितिले प्रदेश सभा सचिवालयमा मंगलवार प्रदेश सरकारका प्रमुख सचिव तथा अन्य मन्त्रालय र आयोगका सचिवहरूसँग पूर्व–बजेटको तयारीबारे छलफल गरेको हो। कोशीमा चालु आर्थिक वर्षको लागि तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले…