भोलि रातिदेखि पानी पार्ने प्रणाली भित्रिन लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीका कारण भोलि राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ । यस्तै पर्सि आइतवार मधेश प्रदेशबाहेक देशका धेरै ठाउँमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको महाशाखाले…