आफूमाथिको अनुसन्धान ‘राजनीतिक स्टन्ट’: चौधरी

प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले सरकारी जग्गा हिनामिनामा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन्। बाँसबारी जग्गा हिनामिना प्रकरणमा बिहानै बयान दिन सरकारी वकिल कार्यालय काठमाडौं पुगेका चौधरीले आफूले कुनै सरकारी जग्गा नहडपेको बताएका हुन्। बयान दिएर फर्किने क्रममा सञ्चारकर्मीसँग उनले आफूलाई राजनीतिक षडयन्त्र गरिएको बताएका हुन्। उनले आफूमाथि गरिएको अनुसन्धानलाई ‘राजनीतिक…