राष्ट्रियसभा निर्वाचनकाे तयारी प्रदेशबाट

काठमाडौं, ६ माघ ।  नेपाली कांग्रेसले गठन गरेको राष्ट्रियसभा सदस्य निर्वाचन केन्द्रीय समन्वय समितिले चुनाव प्रचार–प्रसारका निम्ति प्रदेशस्तरमा जाने निर्णय गरेको छ।  समितिको आज बसेको बैठकले निर्वाचनका लागि समन्वय र सहजीकरणका लागि विभिन्न प्रदेश जाने निर्णय गरेको समितिका सचिव केशवराज जोशीले जानकारी दिए।  “राष्ट्रियसभा सदस्य निर्वाचनका सन्दर्भमा सातवटै प्रदेशका उम्मेदवारसँग निर्वाचनबारे जानकारी लिई प्राप्त सुझावबारे…