राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले आन्दोलनका लागि परिस्थिति झनै अनुकूल बन्दै गएको बताएका छन्। बुधबार पार्टी केन्द्रीय कार्यालयमा आगामी आन्दोलनका बारेमा प्रशिक्षण दिने क्रममा सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्। उनले राप्रपाले आन्दोलन शुरु गरेदेखि अहिलेसम्म आइपुग्दा परिस्थिति झन भन्दा झन आफूहरुको लागि अनुकूल बन्दै आएको बताए। उनले अहिले आन्दोलनका लागि ठिक वातावरण…