नेकपा एसको केन्द्रीय कमिटी बस्दै

नेकपा एकीकृत समाजवादी (एस) पार्टीको केन्द्रीय कमिटी बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ। पार्टी अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा गठित कार्यदलले सम्पन्न गरेको कार्यसम्पादनको समीक्षा तथा केन्द्रीय कमिटीलाई पूर्णता दिन बैठक आह्वान गरिएको केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयले जानकारी दिए। विधानअनुसार बनाइएको ‘क्लष्टर’का आधारमा कार्यदलले केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्ने र…