बन्दुक सहित दाङमा ३ जना पक्राउ

दाङमा प्रहरीले भरुवा बन्दुक सहित ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तुलसीपुर उपमहानगर-४ सुनवलपुर बस्ने ३६ वर्षीय टङ्क थापा र २९ वर्षीय युवराज गिरी रहेका छन्। यस्तै राजपुर गाउँपालिका-४ फोहरा बस्ने इच्छाकुमार रैदास रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। तुलसीपुर-४ ठूलाखालीस्थित केही व्यक्ति हतियार सहित शङ्कास्पद रुपमा हिँडडुल गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा…