इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधिका लागि सनराइजर्स हैदरावाद र कोलकाता नाइट राइडर्स भिड्ने भएका छन्। गएराति सम्पन्न दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई ३६ रनले पराजित गर्दै हैदरावादले कोलकातासँगको भेट पक्का गरेको हो। यसअघि पहिलो क्वालिफायरमा हैदरावादलाई ८ विकेटले पराजित गर्दै कोलकाता फाइनलमा पुगेको हो। यी दुई टोलीबीचको फाइनल आइतबार भोलि चेन्नईमा हुनेछ। गएराति हैदरावादले दिएको…