नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पनि महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापासँग छलफल सुरु गरेका छन् । सभापति देउवाले महामन्त्रीद्वयले पेश गरेको प्रस्तावबारे बुढानिलकण्ठस्थित निवासमै छलफल थालेका हुन्। यस अघि मंगलबार भएको छलफलमा महामन्त्री थापा र शर्माले आफ्नो प्रस्तावबाट पछि नहट्ने अडान लिएपछि निष्कर्षमा पुगेको थिएन । पार्टीको महासमिति बैठकमा महामन्त्री थापाले आगामी निर्वाचनदेखि…