पृथ्वी राजमार्गस्थित दमौली-डुम्रे सडक खण्ड बुधबार बेलुकादेखि अवरुद्ध भएको छ । व्यास नगरपालिका-१२ स्थित घाँसीकुवामा बुधबार बेलुका सडक माथिबाट पहिरो खस्दा उक्त खण्ड पूर्णरुपमा अवरुद्ध भएको थियो सडकभन्दा करिब ५० मिटर माथिबाट खसेको पहिरोले राजमार्ग पूर्णरुपमा पुरिएको जिल्ला प्रहरी नायव उपरीक्षक दीपककुमार रायले बताए । उक्त खण्डको पहिरो बिहीबार बिहान करिव ७:४५ बजेबाट हटाउन सुरु…