वामपन्थी गढमा ढल्यो किल्ला

ल्याटिन अमेरिकामा वामपन्थी राजनीतिको केन्द्र मानिने बोलिभियामा समाजवादी उम्मेदवारको हार भएको छ । आइतबार भएको राष्ट्रपतीय निर्वाचनमा वामपन्थी उम्मेदवार नराम्ररी पारजित भएका छन् । यससँगै बोलिभियामा दुई दशकदेखि चलिरहेको समाजवादी हालीमुहाली समाप्त भएको छ । समाचार संस्था एपीका अनुसार पूर्वराष्ट्रपति इभो मोरालेजको ‘समाजवादका लागि आन्दोलन’ एमएएस पार्टीका औपचारिक उम्मेदवार एदुवार्दो देल कास्तिलोले केबल ३.२ प्रतिशत…