इजलायलको अन्धाधुन्ध आक्रमणका कारण प्यालेस्टिनको गाजाका बालबालिका घाइते, भोक र एक्लोपनामा बस्न बाध्य भएका छन् । बीबीसीले गरेको खोज समाचारअनुसार गाजामा झन्डै चार महिनाको अवधिमै ११ हजार पाँच सय जना बालबालिकाले ज्यान गुमाएका छन् । हजारौँ बालबालिका घाइते अवस्थामा छटपटाइरहेका छन् । उनीहरूले राम्रोसँग उपचार र खानेकुरा पाएका छैनन् । कैयौँ नवजात शिशुका आमाबुवा मारिएका छन् वा…