चन्द्रमाको दक्षिणी ध्रुवमा अन्तरिक्षयान सफलतापूर्वक अवतरण

अमेरिकाको एक निजी कम्पनीले चन्द्रमाको दक्षिणी ध्रुवमा अन्तरिक्षयान सफलतापूर्वक अवतरण गरेको छ। ‘इट्युटिभ मसिन्स’ले आज बिहानपख आफ्नो अन्तरीक्षयान चन्द्रमामा सफलतापूर्वक अवतरण गराएको हो। योसँगै अमेरिका चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्ने दोस्रो देश बनेको छ भने इट्युटिभ मसिन्स चन्द्रमा पुग्ने पहिलो निजी कम्पनी बनेको छ। यसअघि भारतले गत वर्षको २३ अगस्तमा चन्द्रयान चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण…