स्ववियु निर्वाचन अधिकांशमा मतदान, केहीमा स्थगित

त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा मंगलबार स्ववियुको नेतृत्व चयनका लागि देशभरी नै मतदान भएको छ । केही क्याम्पसमा भने तालाबन्दी, आन्तरिक विवाद लगायतले निर्वाचन स्थगित भएको छ । काठमाडौंको प्रदर्शनीमार्गमा रहेको आरआर क्याम्पसमा अनेरास्ववियुले सोमबार मध्यराति ताला लगाएका कारण निर्वाचन स्थगित छ । लैनचौरस्थित अस्कल क्याम्पसमा अखिल क्रान्तिकारीको तालाबन्दीपछि निर्वाचन स्थगित भएको छ ।…