यो वर्षको विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे रहेको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईले अनुसार बिहान ८:४९ बजे देवी विसर्जन गरी १०:२६ बजे टीका लगाउन सकिनेछ।
Global ime bank
TATA Loconav
असोज २५ गते आइतबार घटस्थापनाको शुभसाइत बिहान ११ः४७ बजे छ। असोज २६ गते सोमबार बिहान १०ः०७ बजे झण्डा फेर्ने शुभसाइत रहेको छ। झण्डा पश्चिम मोहडा फर्काएर फेर्नुपर्ने जनाइएको छ।
असोज २९ गते बिहीबार श्रीपचलीभैरव यात्रा हुनेछ।
असोज ३१ गते शनिबार फूलपाती श्री तुलजाभवानी यात्राको शुभसाइत बिहान ७ः३७ बजे र स्थिरासनको शुभसाइत बिहान १०ः३९ बजे छ।
कार्तिक १ गते आइतबार महाष्टमी तथा कालरात्रि मनाइनेछ भने कार्तिक ३ गते मंगलबार महानवमी परेको छ।




