घटनास्थलमै 3 जनाको मृत्यु


२८ असार २०८३, आइतबार  

0
Shares


बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् ।

सडकबाट अनियन्त्रित भई जीप करिब ३०० मिटर तल खसरे दुर्घटना भएको हो । भौगोलिक विकटताका कारण घटनास्थलमा हेलिकप्टर पठाइएको छ ।

घटनाको विस्तृत विवरण र मृतकहरूको पहिचान खुल्न बाँकी छ ।

दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ।

प्रकाशित मिति : २८ असार २०८३, आइतबार  १० : ११ बजे