रोटरी क्लबद्वारा रक्तदान कार्यक्रम ५५ जनाद्वारा


१७ माघ २०८२, शुक्रबार  

196
Shares

शहीद दिवसको अवसर पारी रक्तदान जीवनदान भन्ने मूल नाराका साथ रोटरी क्लब अफ कपिलवस्तु मिडटउन ले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
ररहोराइजन अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयको प्राङ्गणमा शुक्रबार गरिएको रक्तदान कार्यक्रममा ५५ जनाले रक्तदान गरेका छन्।

सामाजिक सेवाको क्षेत्रमा लामो समयदेखि यस क्षेत्रमा क्रियाशील रोटरी क्लब अफ कपिलवस्तु मिटाउनले रगतको अभावमा कसैले ज्यान गुमाउन नपरोस् भन्ने धेय राखी रक्तदान कार्यक्रम गरेको हो।

“उत्साहजनक तरिकाले रक्तदान सम्पन्न भएको छ । रगतको अभावमा यस क्षेत्रका कसैले ज्यान गुमाउन पर्ने छैन। यस्तो ठूलो सेवाको काम गर्न पाएकोमा हामी साह्रै नै हर्षित छौं “मिडटाउनका अध्यक्ष लेखा शर्मा घिमिरेले भन्नुभयो ।
विद्यालयको दोस्रो त्रैमासिक परीक्षाको नतिजा प्रकाशन कार्यक्रम समेत भएकोले रक्तदान कार्यक्रममा विद्यालयका शिक्षक अभिभावक समाजसेवी लगायतको उल्लेख्य उपस्थिति रहेको आयोजकले जनाएको छ।

रक्तदान कार्यक्रममा प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी बाडगंगा शाखाले गरेको थियो।

क्लबका पूर्व अध्यक्षज्यूहरू लगायत रोटरियनहरूको बाक्लो सहभागिता रहेको कार्यक्रममा रोटरी क्लब अफ कपिलवस्तु मिटाउनले समाजसेवाको क्षेत्रमा अग्रणी भूमिका खेलेको भन्दै सहभागीहरुले प्रशंसा गरेका थिए।

प्रकाशित मिति : १७ माघ २०८२, शुक्रबार  ८ : ४५ बजे