शिक्षा समन्वय इकाईद्वारा कार्यक्रम ।। विद्यार्थीको उत्तरमा भन्दा पनि सेटिङमा नतिजा।।


२४ भदौ २०८२, मंगलबार  

112
Shares

शिक्षा विकास तथा समन्वय इकाई कपिलवस्तुको आयोजनामा सोमबार तौलीहवामा सम्पन्न निबन्ध लेखन प्रतियोगिताको नतिजामा पक्षपातपूर्ण व्यवहारको पराकाष्ठ देखा परेको छ।

बुद्धपद्म माविको सभाहल तौलीहवामा सोमबार माध्यमिक विद्यालय स्तरीय निबन्ध लेखन प्रतियोगिता सम्पन्न भयो। सो प्रतियोगितामा विभिन्न विद्यालय जिल्लाका विभिन्न माध्यमिक विद्यालयले सहभागिता जनाएका थिए।

प्रतियोगिताको निर्णायकमा उदारी मावि ओदारीका प्रधानाध्यापक र श्री माविका नेपाली विषयका शिक्षक निर्णायकको भूमिकामा थिए।

नतिजाको विश्वसनीयताको लागि सहभागी विद्यालयका शिक्षक वा प्रधानाध्यापकलाई निर्णायक बनाउन नहुनेमा निर्णायक बनाइयो र त्यसैको प्रभाव देखियो नतिजामा पनि।

विद्यार्थीबीच निबन्ध लेखन प्रतियोगिता सम्पन्न भयो तर लेखिएको निबन्ध राम्रोसँग परीक्षण नै भएन ।

एकैछिन विद्यार्थीहरूको लेखिएको निबन्ध परीक्षण गरेझैँ गरियो। तर अन्तत्वगत्वा जुन जुन विद्यालयका निर्णायक सो कार्यक्रममा रहनुभएको थियो उहाँहरुले आफ्नो विद्यालयका विद्यार्थीलाई विभिन्न पुरस्कार प्रदान गर्ने गरी नतिजा तयार पार्नुभयो। ओदारी माविका प्रधानाध्यापक एकजना निर्णायक रहेकोले सो प्रतियोगितामा ओदारी माविले प्रथम स्थान हासिल गर्यो। त्यस्तै अर्को विद्यालय श्री माविका नेपाली विषय शिक्षक पनि सो प्रतियोगितामा निर्णायक रहेकोले सो विद्यालयलाई पनि सान्तवना स्थान प्रदान गरियो ।
सुप्रतियोगितामा बाडगंगा मावि लौगाई द्वितीय र हिलबट इङ्लिस बोर्डिङ स्कुलले तृतीय स्थान प्राप्त गरेका थिए।

अनि त्यसरी प्रस्तुत गरिएको नतिजालाई जिल्ला शिक्षा विकास तथा समन्वय इकाई कपिलबस्तुले सदर गर्‍यो।
जिल्लाभरिका सम्पूर्ण शैक्षिक संस्थाहरूको विकास तथा समन्वयमा योगदान दिनका लागि सरकारद्वारा स्थापित अभिन्न अङ्गले यसरी जुन किसिमले विभेद गरेको छ यसले नेपालका शिक्षा क्षेत्रमा रहेका बेथितिहरूलाई उदाङ्गो पार्ने काम गरेको जानकारहरूको भनाई छ।

यस सम्बन्धमा शिक्षा समन्वय प्रमुखले जे जस्तरी त्रुटि हुन गएको छ सो त्रुटिलाई सच्याउनको लागि नैतिक रुपमा जिम्मा लिनुपर्दछ। अन्यथा हामी थप कदम चाल्न बाध्य हुनेछौ, शिक्षक कमल शर्माले भन्नुभयो।

शिक्षक नियुक्तिमा हुने गरेका अनेकथरी चलखेलका विषयमा मलाई जानकारी नै थियो। तर यसरी सामान्य प्रतियोगितामा यस किसिमको पक्षपातपूर्ण व्यवहार अनुभव गर्ने मौका पाएँ। यसले नवप्रतिभाहरूलाई निरुत्साहित गर्दछ। उहाँको भनाइ थियो।

शिक्षा समन्वय एकाइको यस किसिमको गैर जिम्मेवारपूर्ण कामप्रति आरटीआई एक्ट बमोजिम थप प्रक्रिया अगाडि बढाउने शिक्षकहरूको दृढता छ।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  १२ : १६ बजे