नेपाली काङ्ग्रेस बाडगङ्गा वडा नम्बर ९ कार्यसमिति सचिव चुरामणी अर्यालले साधारण सदस्य समेत नरहने गरी पार्टीबाट राजीनामाको घोषणा गरेका छन्। भदौ २३ गते काठमाडौँमा चलेको जिएनजी ग्रुपको प्रदर्शनका क्रममा वर्तमान नेपाल सरकारले जुन किसिमको नरसंहार गरेको छ त्यसको विरोध गर्दै अर्यालले राजीनामा दिएका हुन् उनले लेखेका छन् म आफू त्यही सत्ता साझेदार दलको एकजना सदस्य र बाडगंगा नगरपालिका वडा नम्बर ९ को कार्यसमिति सचिव पदमा रहेकोले नैतिकताको आधारमा पदबाट राजीनामा दिएको छु।
अर्याल बाडगंगा नगरपालिका वडा नम्बर ९ को वर्तमान वडा सदस्य रहेका छन्।

साथै उनले राजीनामाका क्रममा आम वडावासीसँग क्षमासमेत मागेका छन्।
यसैबीच उता नेकपा एमाले बाडगंगा नगरपालिका वडा नम्बर ६ का वडा कमिटी अध्यक्षले समेत नेकपा एमाले पदबाट साधारण सदस्य समेत नरहने गरी राजीनामाको घोषणा गरेका छन्।
बाडगंगा नगरपालिका वडा नम्बर ६ का वडा कमिटी अध्यक्ष प्रकाश भुसालले समेत भाद्र २३ मा काठमाडौँमा नेपाल सरकारले मच्चाएको नरसंहारको विरोध गर्दै नेकपा एमालेको साधारण सदस्य समेत नरहने गरी पदबाट राजीनामा दिएका हुन्
जायज माग राखिरहेका अबोध युवाहरूलाई उनीहरूका माग सम्बोधन गर्नुको साटो आफैले सेना प्रहरी लगाएर उनीहरुमाथि बर्बर दमन गर्दै गोली चलाउने आदेश दिएर नेपाली युवाहरूको हत्या गर्ने कुरामा उक्साउने प्रधानमन्त्री केपी शर्मा ओलीको रवैयाप्रति देशभर आम रुपमा असन्तुष्टि चुलिएको छ।

खासगरी नेपालमा व्यवस्था परिवर्तनका नाममा पटक पटक भएका आन्दोलन र त्यसरी भएका व्यवस्था परिवर्तनहरुले पनि आम नेपाली जनताको आर्थिक अवस्था उकास्न नसकेकोले जनतामा निराशा छाएको छ ।
नेपाली युवा जति वैदेशिक रोजगारी वा वैदेशिक अध्ययनका बहानामा वैदेशिक रोजगारीकै लागि विदेशिने क्रम बढिरहेको तर नेपालमा रोजगारीका अवस्थाहरु सिर्जना नभएको नेपालमा रहेका उद्योगधन्दा कल कारखानाहरुलाई चलाउनको साटो शिक्षित युवाहरूलाई वैदेशिक रोजगारीको बहानामा देशमा बस्ने वातावरण नबनाएको भन्दै युवाहरूमा आक्रोश पैदा भएको छ।
देशमा रोजगारीका अवसरहरु सिर्जना गर्नुपर्नेमा सरकारले त्यसो नगरेकोप्रति जनतामा चुलिएको निराशाको परिणामस्वरूप भाद्र २३ को प्रदर्शन रहेको जानकारहरूको बुझाइ छ। आम जनताका छोराछोरी खाडीमा तर नेताहरूका छोराछोरी राम्रा राम्रा देशमा सरकारी सेवा सुविधामा पढिरहेकोप्रति अहिलेको जेनजी पुस्ता आक्रोशित भइरहेको छ।
त्यति मात्रै नभएर नेपाल सरकारले १६ वटा सामाजिक सञ्जाल माथि प्रतिबन्ध लगाएको थियो त्यस विरुद्ध युवाहरूको आक्रोश देखिएको हो।

सरकारले गलत काम र प्रवृत्तिलाई प्रश्रय दिदै जाने भ्रष्टाचारमा सरकार लिप्त हुँदै रहने र त्यसको विरुद्धमा सामाजिक सञ्जालमा युवाहरुले जे जसरी लेखिरहेका छन् त्यसलाई रोक्ने तर आफूहरूले गरिरहेको बेथितिलाई नरोक्ने मुलुकमा भ्रष्टाचार अनियमिततालाई जारी राख्ने सरकारको नियतप्रति देशभर यतिबेला चौतर्फी आलोचना भइरहेको छ। सोही सन्दर्भमा १९९७ पछि जन्मिएका जो पुस्ता रहेका छन् ।
यस्तै नेकपा एमाले बाडगंगा नगरपालिका वडा नम्बर ११ का वडा कमिटी अध्यक्ष बलराम आचार्यले पनि पदबाट राजीनामाको घोषणा गर्नुभएको छ। देशमा विकसित परिस्थितिलाई मध्यनजर गर्दै उहाँले नेकपा एमालेको साधारण सदस्य समेत नरहने गरी पदबाट राजीनामाको घोषणा गर्नुभएको हो।
