असार चौथो सातासम्म देशभर ४३ प्रतिशतको हाराहारीमा मात्र धान रोपाइँ सकिएको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभागले दिएको विवरण अनुसार असार २२ गतेसम्म सात वटै प्रदेशमा गरी ४१.९ प्रतिशत रोपाइँ भएको छ। कृषि मन्त्रालयले यस बर्ष वर्षे सिजनमा १३ लाख ८७ हजार ४१५ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरेकोमा ५ लाख ८० हजार ८८६ हेक्टरमा रोपाइँ सकिएको छ।
सरकारले धानको उत्पादन बढाएर धान–चामलमा आत्मनिर्भर बन्ने लक्ष्य राखेको छ। तर यस बर्ष मनसुन औसत समय भन्दा अगाडि भन्दै मनसुन सक्रिय भएपनि गतबर्षको तुलनामा कम रोपाई भइरहेको छ।
गतवर्ष असार २३ गतेसम्म ४३.५ प्रतिशत रोपाएको भएको थियो। रोपाइँका लागि चाहिने जति पर्याप्त पानी पर्न सकेको छैन, जसका कारण असार तेस्रो सातासम्म पनि आकासे पानीको भरमा रोपाई हुने ठाउँका किसानले धान रोप्न सकेका छैनन्।
रोपाई गर्नका लागि चाहिने जति पानी नपर्दा ब्याडमा धानको बिउ छिप्पिनुका साथै पानीको जोहो गरेर धान रोपे पनि सुक्ने अवस्थामा पुगेको भन्दै किसानहरू पिरोलिएका छन्। विशेषगरी मधेसका जिल्लाहरूमा सिँचाई सुविधा नभएका ठाउँका किसान बढी चिन्तित छन्।
किसानले असारभित्र रोपाई सक्ने गरेकोमा यस बर्ष अनुकूल बर्षा नहुँदा समयमा धान रोप्न पाएका छैनन्। जेठ तेस्रो साताअघि नै धानको बिउ राखिसक्थे तर यसपटक समयमै ब्याड राख्न समेत सकेनन्।
तथापि पानीको सुविधा भएका ठाउँहरूमा किसानहरूले असार नलाग्दै धान रोप्न थालिसकेका थिए।
सबैभन्दा धेरै रोपाइँ सुदूर पश्चिममा
सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा ८२.८ प्रतिशत अर्थात् १ लाख ४५ हजार ९३२ हेक्टरमा रोपाइँ भइसकेको छ। गत वर्ष असार २३ सम्म सुदुरपश्चिममा ८६ प्रतिशत धान रोपिएको थियो।
रोपाइँ भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। सुदुरपश्चिममा यस बर्ष कुल १ लाख ७६ हजार १५१ हेक्टरमा धान रोपाइँ हुने बताइएको छ।
मधेसमा पानी नपर्दा रोपाइँ न्यून
धानको भण्डारका रुपमा रहेको मधेस प्रदेशमा यसपटक अन्य प्रदेशमा भन्दा कम रोपाइँ भएको छ। असार २२ गतेसम्म मधेस प्रदेशमा १३.६ प्रतिशत मात्र रोपाइँ सकिएको छ, जुन गतबर्षको भन्दा ११.९ प्रतिशत कम हो।
गत वर्ष मधेस प्रदेशमा असार २३ गतेसम्म २५.५ प्रतिशत रोपाइँ सकिएको थियो।
मधेस प्रदेशमा यस बर्ष ३ लाख ७६ हजार ३२७ हेक्टर क्षेत्रफलमा धान रोपाई हुने अनुमान गरिएकोमा ५१ हजार २५० हेक्टरमा मात्र सकिएको विवरण प्राप्त भएको विभागले जनाएको छ।
कोशीमा २९, बागमतीमा ५१, गण्डकीमा ५५, लुम्बिनीमा ५२ र कर्णालीमा ७१ प्रतिशत भन्दा बढी क्षेत्रफलमा रोपाई सकिएको छ। यस्तै, कोशी प्रदेशमा यस वर्ष २ लाख ७६ हजार ३८७ हेक्टरमा धान रोपिने अनुमान गरिएकोमा ८१ हजार ६३५ हेक्टरमा सकिएको छ।
प्राप्त विवरण अनुसार कोशीमा २९.५ प्रतिशत मात्र रोपाइँ भएको देखिन्छ जुन गतबर्षको तुलनामा ४.९ प्रतिशत कम रहेको छ। गएको असार २३ सम्म कोशीमा ३४.४ प्रतिशतमा रोपाइँ सकिएको थियो।
बागमती प्रदेशमा भने गतबर्षको तुलनामा छिटो छिटो रोपाइँ भइरहेको देखिन्छ। असार २२ सम्म बागमतीमा ५१.९ प्रतिशत अर्थात् ६२ हजार ५६१ हेक्टरमा रोपाइँ सकिएको विभागले जनाएको छ।
गत वर्ष यही अवधिमा बागमती प्रदेशमा ४१.६ प्रतिशत मात्र रोपाइँ भएको थियो। यसवर्ष बागमतीमा कुल १ लाख २० हजार ५४५ हेक्टरमा धान रोपिने अनुमान गरिएको छ।
गण्डकी प्रदेशमा आधा भन्दा बढी क्षेत्रफलमा रोपाई भइसकेको छ। प्रदेशभर यो वर्षामा ९४ हजार १८२ हेक्टरमा धानखेती हुने अनुमान गरिएकोमा अहिलेसम्म ५५.६ प्रतिशत अर्थात् ५२ हजार ३५३ हेक्टर क्षेत्रफलमा रोपाइँ भइसकेको छ। गत असार २३ सम्म ४९.७ प्रतिशत क्षेत्रमा मात्रै रोपाइँ सकिएको थियो।
यस्तैगरी लुम्बिनी प्रदेशमा पनि धानखेती हुने अनुमान गरिएकोमध्ये ५२.१ प्रतिशत क्षेत्रमा रोपाइँ भइसकेको विभागले दिएको विवरणमा उल्लेख छ।
लुम्बिनी प्रदेशमा ३ लाख २ हजार ९३९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरिएकोमा १ लाख ५७ हजार ८५७ हेक्टर क्षेत्रमा सकिएको छ। गत वर्ष यही अवधिमा ४४.४ प्रतिशत मात्र रोपाइँ सकिएको थियो।
कर्णाली प्रदेशमा ७१.७ प्रतिशत क्षेत्रमा रोपाई भएको छ। गत वर्ष यस अवधिमा ७८ प्रतिशत क्षेत्रमा धान रोपि सकिएको थियो।
यसवर्ष ४० हजार ८८४ हेक्टरमा वर्षे धान रोपाई हुने