संस्थागत विद्यालय प्रति नगरको सौतेलो व्यवहार आपत्तिजनक– घिमिरे
कमला सापकोटा
वाणगंगा २३ जेठ ।
प्रारम्भ देखि नै उत्कृृष्ट नतिजा हासिल गर्दै आएकोमा पछिल्लो समय एस ई ईमा दुई दुई पटक जीपिए ४ ल्याएर होराइजन आवासीय मा.वि. सिद्धिपुरले जिल्ला तथा नगरवासिको शिर उँचो पार्ने काम गरेको वाणगंगा नगर प्रमुख चक्रपाणी अर्यालले बताउनु भएको छ।

शुक्रवार होराइजन मावि सिद्धिपुर कपिलवस्तुमा सम्पन्न भएको विद्यालयको ३३ आँै वार्षिक उत्सव, अभिभावक दिवस, नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै मेयर अर्यालले अभिभावक ज्यूहरुको साथका कारण पनि शैक्षिक सर्वाेत्कृष्टताका लागि विद्यालयलाई बल पुगेको धारणा राख्नु भयो ।
विद्यार्थीको सर्वाङ्गिण विकासका लागि शारीरिक, मानसिक तथा आध्यात्मिक रुपमा समेत संस्कार युक्त शिक्षाको प्रवद्र्धनका लागि आफूहरु अविछिन्न रुपमा लागेको विद्यालयका प्राचार्य तथा सयपत्री क्याम्पस प्रमुख बासुदेव घिमिरेले दावी गर्नुभयो ।

विद्यार्थीहरुको सर्वाङ्गिण विकासमा अभिभावक ज्यूहरुको अत्याधिक व्यस्तता बाधक बनेको छ, आफ्नो सबै भन्दा ठुलो सम्पत्ति बालबालिकाको भविष्य निर्माणलाई उचित समयको प्रवन्ध गर्न आवश्यक छ, अभिभावक ज्यूले पनि उचित किसिमका आचारणहरु अवलम्बन नगरी छोरछोरीमा मात्रै उचित आचारणको अपेक्षा गरेका कारण वर्तमान शिक्षा प्रणाली र शिक्षण सिकाई क्रियाकलापले संस्कारयुक्त शिक्षाको विकासमा खासै योगदान पु¥याउन नसकेको उहाँले धारणा राख्नुभयो ।


विद्यालयलाई निकट भविष्यमा पूर्ण प्रविधि मैत्री अर्थात ए आई युक्त बनाउने योजनालाई पूर्ण रुपमा साकार पार्न विद्यालय प्रशासन लागि परेको उहाँले बताउनुभयो ।
वर्तमान समयमा सामुदायिक र संस्थागत विद्यालय प्रति वाणगंगा नगरको व्यवहार समान नरहेको भन्दै उहाँले नगर प्रमुख अर्यालको ध्यानाकर्षण गर्नुभयो ।
सो अवसरमा शैक्षिक सत्र २०८१ मा सञ्चालित विभिन्न शैक्षिक, विभिन्न खेलकुद तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्टता प्राप्त गेरका विद्यार्थी, होराइजनबाट विद्यालय तहको शिक्षा पुरा गरि हाल लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रेडियोलोजिष्ट पदमा कार्यरत डक्टर प्रसान्त आचार्य तथा विद्यालयमा ३० वर्ष शिक्षण गर्नु भएकी पूर्व शिक्षिका सितादेवी भण्डारीलाई विभूषित गरिएको थियो । पूर्व शिक्षिका भण्डारीलाई उहाँको योगदान प्रति उच्च सम्मान व्यक्त गर्न ३ महिनाको तलब सहित सम्मानित गरिएको हो ।
कार्यक्रममा विद्यार्थीहरुले विभिन्न जोडदार साँस्कृति प्रस्तुतिहरु पश्किएको साँस्कृतिक कार्यक्रम संयोजक कान्ता गहतराजले जानकारी दिनुभयो ।
कार्यक्रम विद्यालय व्यवस्थापन सिमिति उपाध्यक्ष विरेन्द्र श्रेष्ठको अध्यक्षता, वाणगंगा नगर प्रमुख चक्रपाणी अर्यालको प्रमुख आतिथ्यता, वरिष्ठ सल्लाहकार सदस्य हिमलाल पौडेल, प्याब्सन कपिलवस्तुका अध्यक्ष धिरेन्द्र सिंह, प्राचार्य बासुदेव घिमिरे, सल्लाहकार सदस्य रविराज ज्ञवाली, सयपत्री क्याम्पस तथा विद्यालय व्यवस्थापन समिति सदस्यहरु लक्षमण अधिकारी, खगेश्वर अधिकारी, यातायात व्यवस्थापन उपसमिति अध्यक्ष बद्रि प्रसाद काफ्ले, जग्गा व्यवस्थापन समिति संयोजक मित्रलाल कँडेल लगायतको विशेष आतिथ्यता, शेयर सदस्य भीम क्षेत्री, गितादेवी पाण्डे, विक्रम पाण्डे, विद्यालयका इन्चार्ज मोहन प्रसाद वेल्वासे, मा.वि. तह संयोजक गिता शर्मा, पूर्व मा.वि. संयोजक लेखा शर्मा, निमावि तह संयोजक शालिकराम आचार्य, प्रावि तह संयोजक पदमपाणी ढुंगाना, पूर्व प्रावि तह संयोजक चन्द्रा मल्ल सेन, गणित विषय प्रमुख दधिराम ज्ञवाली, विज्ञान विषय प्रमुख प्रेमराज पोखरेल लगायतको आतिथ्यतामा उत्सव अन्तर्गतको दोस्रो दिनको कार्यक्रम सम्पन्न भएको विद्यालयले जनाएको छ ।
कक्षा ४ सम्मको विहिवार वार्षिक उत्सव कार्यक्रम सञ्चालन गरेको विद्यालयले शुक्रवार कक्षा ५ देखि १० सम्मको कार्यक्रम आज गरेको बताइएको छ ।