अष्ट्रेलियाले वेस्ट इन्डिज बिरुद्धको एक दिवसीय श्रृंखला जितेको छ । आइतबार भएको दोस्रो खेलमा ८३ रनले पराजित गरेसँगै अष्ट्रेलियाले २–० ले श्रृंखलामा कब्जा जमाएको हो ।
अष्ट्रेलियाले घरेलु मैदानमा भएको वेस्ट इन्डिजविरुद्धको एक दिवसीय श्रृंखला जितेको छ । आइतबार भएको दोस्रो खेलमा ८३ रनले पराजित गरेसँगै अष्ट्रेलियाले २–० ले श्रृंखलामा कब्जा जमाएको हो ।
सिड्नीमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली अष्ट्रेलियाले निर्धारित ओभरमा ९ विकेट गुुमाउँदै २५८ रन बनाएको थियो ।
अष्ट्रेलियाका लागि सिन एबोटले सर्वाधिक ६९ रन बनाए । त्यस्तै म्याथ्यु सर्टले ४९, क्यामरुन ग्रिनले ३३ रन बनाउँदै आउट भए । मार्नुस लाबुचाङगे र आरोन हार्डिले समान २६–२६ रनको योगदान गरे ।
वेस्ट इन्डिजका लागि गुडाकेश मोटिईले तीन, अल्जारी जोशेफ र रोमारियो शेपहर्डले समान दुई दुई विकेट लिँदा म्याथ्यु फोर्डे र ओशेन थोमसले एक एक विकेट लिए ।
अष्ट्रेलियाले दिएको २५९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ४३.३ ओभरमा १७५ रनमा समेटियो ।
वेस्ट इन्डिजका लागि केशी कार्टीले ४०, साई होपले २९, रोस्टन चेशले २५ रनको योगदान गरे । त्यस्तै अल्जारी जोशेफले १९ रनको योगदान गर्दा अलिक अथानेजले ११ रनको योगदान गरे ।
अष्ट्रेलियालाई जित दिलाउन जोश ह्याजवुड र सिन अबोटले तीन तीन विकेट लिँदा विल सुथरल्याण्डले दुई तथा एडम जाम्पा र आरोन हार्डिले एक एक विकेट लिए ।
यसअघि सिरिजको पहिलो खेलमा अष्ट्रेलियाले वेस्ट इन्डिजलाई ८ रनले पराजित गरेको थियो ।