प्रिन्सालाई नागरिक अभिनन्दन, होराइजन माविद्वारा विजय उत्सव र्‍याली,


५ पुस २०८१, शुक्रबार  

2.6k
Shares

कमला पौडेल
वाणगंगा, ५ पुष ।

१३ औँ कपिलवस्तु डान्स आइडोल प्रिन्सा हमाललाई नागरिक अभिनन्दन गरिएको छ । शुक्रबार होराइजन मा.वि. सिद्धिपुरमा फुलमाला अविरले उनलाई सम्मानीत गर्दै विद्यार्थी, शिक्षक अभिभावक सरिक गाडीको लावालस्कर र्‍यालीले वाणगंगा नगर परिक्रमा गरेको छ । वाणगंगाका चार नम्बर, वैरिया, पिपरा, दरखास, वाणगंगा, बोडगाऊँ, चप्परगाऊँ, बनगाई, ठाकुरापुर, गजेहडा, ओदारी लगायतका स्थानमा स्थानमा र्‍याली, मार्फत पुगी प्रिन्सालाई नागरिक अभिनन्दन गरिएको विद्यालयले जनाएको छ ।


होराइजन आवासीय माध्यमिक विद्यालय सिद्धिपुर, कपिलवस्तुमा कक्षा ३ मा अध्ययनरत प्रिन्सा हमालले १५ औँ कपिलवस्तु महोत्सव अन्तर्गत सञ्चालित डान्स आइडोल कार्यक्रममा सयौँ प्रतिश्पर्धी विचबाट प्रारम्भिक चरणमा छनौटमा परेका १५ जनाले मञ्चमा विभिन्न चरणमा आफ्नो प्रस्तुति राखेकोमा सबैलाई पछि पार्दै उपाधी चुमेकी हुन् ।


उपाधी जिते संगै उनले १ लाख ११ हजार १ सय ११ रुपैयाँ रकम चाँदीको क्याप, सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेकी छिन् । जादुगरी नृत्यकलाका कारण उनले आफ्ना हरेक प्रस्तुतिमा अतिथी, निर्णायक, आयोजक र दर्शकको मन जित्दै आएकी थिइन् ।


“सर्वाङ्घिण विकासका लागि शिक्षा भन्ने मुल मन्त्र रहेको नेपालकै शैक्षिक धरोहर होराइजन मावि सिद्धिपुरले शैक्षिक गतिविधी मात्र नभई अतिरिक्त क्रियाकलापमा समेत विद्यार्थीहरुलाई अब्बल बनाएको छ, हामी निरन्तर विद्यार्थीहरुमा हरेक क्षेत्रमा निपूर्णता पैदा गर्न लागि परेका छाँै । यी लगायतका नतिजा हाशिल गर्नका लागि योगदान गर्नुहुने भगवानरुपी दर्शक अभिभावक, विद्यार्थी शिक्षक कर्मचारी लगायत सम्पूर्ण सम्पूर्णमा हार्दिक आभार एवं कृतज्ञता ज्ञापन गर्दछु ।” प्राचार्य बासुदेव घिमिरेले भन्नुभयो ।


कपिलवस्तु उद्योग वाणिज्य संघद्वारा आयोजित १५ औँ कपिलवस्तु महोत्सव अन्तर्गत सञ्चालित अन्य विभिन्न स्पर्धामा समेत होराइजन माविका विद्यार्थीले सर्वाेत्कृष्ट नतिजा हासिल गरेका छन् ।


खुला भलिवल प्रतियोगिता छात्र प्रथम र सोहि श्पर्धामा छात्रा तर्फ तृतीय, आधारभूत तह स्तरीय वक्तृत्वकलामा सन्देश गैरे प्रथम, माध्यमिक तह स्तरीय लोक नृत्य प्रतियोगितामा द्धितीय, अन्तरविद्यालय व्याटमिन्टन प्रतियोगितामा रिजन विष्ट रोमन सेन द्धितीय, माध्यमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगितामा अर्चिता आचार्य सान्तवना, र माध्यमिक तह स्तरीय लोक गायन प्रतियोगतामा बबिन खनालले सान्तवना स्थान हशिल गरेको प्लस टु संयोजक मोहन बेल्वासेले जानकारी दिनुभयो ।

https://fb.watch/wBbz1en-bE

“होराइजन मात्रै नभई यस्कै अभिन्न अंग सयपत्री क्याम्पसका विद्यार्थी आशिष वेल्वासे नेपाल तृतीय भएका छन् । भने जिल्ला प्रथम र प्रदेश प्रथमको नतिजा सयपत्रीले दोहोर्‍याइ रहेको छ, यी सबै कुरामा हाम्रा समादरणीय अभिभावक ज्यूहरु, अध्ययनशिल विद्यार्थी, कर्तब्यनिष्ठ शिक्षक कर्मचारीको योगदान अतुलनीय छ”, मावि तह संयोजक गिता शर्मा पोख्रेलले भन्नुभयो ।


“सर्वाेत्कृष्ट नतिजाहरुकै कारण हामीलाई पटक पटक आम नागरिकहरुले अभिनन्दन गरिरहनु भएको छ, सोहि कारण होराइजन भन्नु नै सर्वाेत्कृष्टताको पर्यायवाची बनेको छ । यस्ले गर्दा हामी थप उर्जाशिल भएका छौँ ।” आधारभूत तह संयोजक शालिकराम आचार्यको भनाई छ ।

https://fb.watch/wBbVKrkmPI/
विद्यालयको प्रतिनिधित्व गरि अन्तरविद्यालय स्तरीय विभिन्न स्पर्धामा जित्नेहरुका लागि शैक्षिक सत्र २०८२ देखि लागु हुने गरि विद्यालयले आकर्षक छात्रवृतिको व्यवस्था गरिएको प्रावि तह संयोजक पदमपाणी ढुंगानाले जानकारी दिनुभयो ।

https://fb.watch/wBc00vvP5T

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  ७ : ०६ बजे