वाणगंगा ११ ओदारी निवासी स्व.अमन चौधरीको निधनले आफूलाई स्तब्ध बनाएको पूर्व सांसद एवं कंग्रेस नेता अत्तहर कमालले बताउनु भएको छ।
निधनको सातौँ दिनको पुण्य तीथिको अवसर पारी नेपाली कंग्रेस वडा कार्यसमिति वाणगंगा ११ ले ओदारीमा विहिवार आयोजना गरेको शोक सभा कार्यक्रमलाई सम्बोधन गर्दै कमालले अमनको निधनले आफूलाई आफ्नो छोरोको निधन भए जत्तिकै पीडा बोध भएको बताउनु भएको हो ।
शोक सभामा नेपाली काँग्रेसका पुर्व जिल्ला सभापति राजेश आचार्य, वाणगंगा नगरका पूर्व मेयर मंगल प्रसाद थारू, वाणगंगा ५ का वडाध्यक्ष दुनिका भुसाल, कपिलवस्तु १० का वडाध्यक्ष मोहन शर्मा, कांग्रेस नेताहरू दुर्गा सेन, रवि बहादुर काफ्ले, हाेमनाथ अधिकारी, शारदा केसि, वाजवुल लैन शाह, सावित्रा विक, नागरिक उन्मुक्ति पार्टी जिल्ला अध्यक्ष भग्गु थारू, नेकपा एमाले वाणगंगा नगर कमिटी अध्यक्ष सोमनाथ अर्याल, एकीकृत माओवादी नगर अध्यक्ष देवराज अर्याल लगायतकाे उपस्थिति रहेको कार्यक्रम वानपा ११ वडाकार्य समितिका सभापति नरेन्द्र प्रसाद थारूको अध्यक्षता र वडा सचिव हरिहर थारूको सञ्चालनमा सम्पन्न भएको पत्रकार कमला सापकोटाले जानकारी दिनुभयो।
होराईजन मा.वि कक्षा १२ मा अध्ययनरत अमन चौधरीको यहि असोज २७ गते मोटरसाईकल दुर्घटनामा परि १८ वर्षको उमेरमा ज्यान गएको थियो। मृतक थारू हथौसा गाविसका पूर्व गाविस अध्यक्ष रिखिराज थारूका नाति समेत हुन् ।
मृतक चौधरीको फाईल फोटो