कमला सापकोटा पौडेल
१५ माघ, कपिलवस्तु ।
होराइजन अंग्रेजी आवासीय माध्यमिक विद्यालय शिद्धिपुरमा जारी खेल सप्ताह आज सम्पन्न भएको छ ।
पूर्व प्राथमिक, प्राथमिक, निमावि, मावि लगायत सबै तहमा अध्ययन गर्ने विद्यार्थीहरु विचमा तह अनुसारका विभिन्न प्रतियोगिताहरु भएका हुन् । पूर्व प्रा.वि तहका विद्यार्थीहरु विच मार्बल रेस, बुक रेस, बेलुन रेस, ब्याग प्याकिङ्ग रेस, आधारभूत तह तथा मावि तहका विद्यार्थीहरु विच म्याथमेटीकल रेस, छात्राहरुको खो खो, छात्रहरुको १००, २००, ४००, १६०० मिटर दौड, १०० मीटर रिले दौड, म्युजिकल चियर खेल विद्यार्थीहरुको उत्साहजनक सहभागीतामा सम्पन्न भएको पूर्व प्रा.वि. तह संयोजक चन्दा मल्ल सेनले जानकारी दिनुभयो ।
अन्य खेलको तुलनामा सितोरियो कराँते भने अत्यन्तै रोमाञ्चपूर्ण भएको छ । विद्यार्थीहरुले नियमपूर्वक वडो अनुशासित ढंगले कराँतेमा आफ्नो कौशलता प्रस्तुत गरेका छन्, यस्ले हामीलाई थप उत्साहित बनाएको सितोरियो सघंका नगर अध्यक्ष तथा विद्यालयका कराँते प्रशिक्षक दल बहादुर नेपाली दया गुरुले बताउनु भयो । २० केजी, २५, ३०, ३५, ४०, ४७, ५० र ५२ केजी तौल समुहका विद्यार्थीहरु विचमा दर्शकहरुको हुटिङ्गका विच कराँते प्रतियोगिता खेलाइएको हो ।
२० केजी तौलमा राजीब राना प्रथम, स्वस्तीक द्धितीय भएका छन् । २५ केजी तर्फ निसान नेपाली प्रथम, संकेत राना द्धितीय, सम्भव पाण्डे र सम्राट पाण्डेले तृतीय स्थान हासिल गर्न सफल भएका छन् । ३० केजी तर्फ सम्पन्न रसाली प्रथम, प्रवेश थारु द्धितीय, प्रसिद्ध खनाल र आयुष थापा तृतीय, ंं३० केजी छात्रा तर्फ जेनिसा खाण प्रथम, साइना सेन द्धितीय र अद्धिती कुँवर तृतीय हुन सफल भएका छन् ।
यस्तै ३५ केजीमा विनोद वेल्वासे प्रथम हुँदा लोरेन्स मल्लले द्धितीय स्थान हाँसिल गरेका छन् । ४० केजी तौल तर्फ इसान्त पाण्डे प्रथम, सफल उचै ठकुरी द्धितीय तथा सुवास नेपाली र प्रसोन वेल्वासेले तृतीय स्थान प्राप्त गर्न सफल भएका छन् ।
४७ केजी तर्फ किञ्जन थापा प्रथम हुँदा, सागर नेपाली द्धितीय र आयुष आचार्य तृतीय भएका छन् । ५० केजी तर्फ सक्षम पोख्रेल प्रथम, विपिन तङ्गनामी द्धितीय तथा अभियान घिमिरे र संकल्प आले तृतीय स्थान हाशिल गर्न सफल भएका छन् ।
५२ केजीमा सुसान्त सुनार प्रथम, सुलभ सिंह ठकुरी द्धितीय हुँदा विप्सन खाण तृतीय हुन सफल भएको विद्यालका प्रा.वि. तह संयोजक पदम पाणी ढुंगानाले जानकारी दिनुभयो । शैक्षिक नतिजामा सर्वाेत्कृष्टताको अलावा अतिरिक्त क्रियाकलापमा पनि हामीले विशेष जोड दिएका छौँ, सर्वाेत्कृष्ट नतिजा ल्याउन विद्यार्थी सफल भएका छन्, निमावि तह संयोजक शालिकराम आचार्यले भन्नु भयो ।
होराईजन स्कुल, कलेज तथा सयपत्री क्याम्पसले शैक्षिक नतिजामा एक पछि अर्काे रेकर्ड कायम गरिरहँदा अतिरिक्त क्रियाकलाप तर्फ पनि बिद्यार्थी अझ अब्बल भएर निस्किएका छन्, आम अभिभावक ज्यूहरुले जिल्लाको पहिलो क वर्गको विद्यालय यस होराइजन अंग्रेजी आवासीय माध्यमिक विद्यालय प्रति दर्शाएको अगाध स्नेह प्रति हामी नतमस्तक छौँ प्राचार्य तथा क्याम्पस प्रमुख बासुदेव घिमिरेले भन्नु भयो ।
कपिलवस्तु जिल्लामा पहिलो पटक दुई वर्ष सम्म एस ई ईमा लगातार ४ जीपीए ल्याउँदै जिल्ला तथा प्रदेशको शान र राष्ट्रकै गौरबका रुपमा सु परिचित विद्यालय होराइजन मावि सिद्धिपुर शैक्षिक गुणस्तरको पर्यायवाची बन्न पुगेको प्रति जिल्लाबासीले गर्व गरेको घिमिरेको दावी छ ।
१५ माघ २०८०, सोमबार
1.4k
Shares