प्रमुख जिल्ला अधिकारी अधिकारीका अनुसार पहिरोमा परी ४२ वर्षीय लालबहादुर परियार र उनकी श्रीमती ३४ वर्षीया मनीषा परियार र २ वर्षका छोराको मृत्यु भएको छ । वडा नम्बर २ का अध्यक्ष पूर्णबहादुर खत्रीका अनुसार भूकम्पले घर भत्किएपछि लालबहादुर परियारको परिवार अस्थायी टहरामा बस्दै आएको थियो ।
वडाअध्यक्ष खत्रीले कान्तिपुरसँग भने, ‘माथिबाट आएको पहिरोले अस्थायी टहरा भत्काइदियो । दु:खद् घटना भयो ।’ ठाउँठाउँमा पहिरो गएकाले विद्युत् र सडकसमेत अवरुद्ध भएको वडाध्यक्ष खत्रीले जानकारी दिए ।