कुशल अभिभावकत्व कार्यशाला हिलबर्टमा सम्पन्न


१० माघ २०८०, बुधबार  

98
Shares


कमला सापकोटा पौडेल
१० माघ, वाणगंगा ।

आवास सिकाई कार्यशाला तथा कुशल अभिभावकत्व विषेयक २ दिवसीय कार्यक्रम हिलबर्ट अंग्रेजी आवासीय माध्यमिक विद्यालय पिपरामा आज सम्पन्न भएको छ । अभिभावकको काख भन्दा ठुलो अर्काे कुनै विश्वविद्यालय नहुने भएकोले अभिभावक शिक्षक बन्ने र शिक्षक अभिभावक बनेर बालबालिकालाई मार्र्ग निर्देश गर्दा शिक्षण सिकाई उपलब्धी उच्च रहने अभिप्रायका साथ कार्यशाला सम्पन्न भएको विद्यालयका कार्यकारी निर्देशक बुद्धि पौडेलले जानकारी दिनुभयो ।


यस अघि शिक्षकहरुलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरेको विद्यालयले यस पटक अभिभावकलाई लक्षित गरि कार्यशाला सञ्चालन गरेको हो । यस पछि विद्यार्थीलाई लक्षित गर्दै कार्यशाला सञ्चालन गर्ने कार्यक्रम रहेको विद्यालयले जनाएको छ । कार्यक्रममा अभिभावकले कस्तो अभिभावकत्व वहन गर्दा आफ्ना बालबालिका सांस्कारिक बनी उच्च नतिजा हासिल गर्दछन् भन्ने विषयमा प्रशिक्षित गरिएको छ । कार्यक्रममा विद्यालयका सयौँ अभिभावकको सहभागीता रहेको थियो ।


विद्यालयका प्रधानध्यापक शिव कुमार पोख्रेलको अध्यक्षता वाणगंगा नगरपालिकाका प्रवक्ता विष्णु पौडेलको प्रमुख आतिथ्यता, सिकार्य सहजकर्ता समूह नेपाल अर्गानिक एजुकेशन नेपालका निर्देशक तथा कार्यशालाका सहजकर्ता अर्जुन भट्ट र विद्यालयका प्रवन्ध निर्देशक बुद्धि पौडेलको विशिष्ट आतिथ्यता, विद्यालय व्यवस्थापन समिति सदस्य यादव मरासिनी, शैक्षिक निर्देशक तेज प्रसाद आचार्य, मा.वि. तह संयोजक सन्तोष खनाल, प्रा.वि. संयोजक सुष्मा पौडेल, पूर्व प्रा.वि. संयोजक मञ्जु सिंजाली, अतिरिक्त क्रियाकलाप प्रमुख सोनम बहादुर पुन लगायतको आतिथ्यता, शैक्षिक निर्देशक आचार्यको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।
शिक्षण सिकाई उपलब्धीलाई वृद्धि गर्न जिल्लाको क वर्गको प्रतिष्ठित शैक्षिक संस्थाका रुपमा पहिचान बनाएको उक्त विद्यालयले अभिभावकको मन जित्दै ठुलो छलाङ मार्न सफल भएको पाइएको छ ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ६ : ४७ बजे