पहिले राष्ट्रिय समस्याको समाधान हुनु पर्छ


६ फाल्गुन २०८२, बुधबार  

0
Shares


राजा ज्ञानेन्द्र शाह ले फागुन ७ गते मनाइने प्रजातन्त्र दिवसको अवसरमा बुधबार आठ मिनेट लामो भिडियो सन्देश सार्वजनिक गर्नु भएको छ ।

सन्देशमा उहाँले वर्तमान निर्वाचन प्रक्रियालाई अस्वीकार गर्दै राष्ट्रिय समस्याको समाधान र सर्वपक्षीय समझदारीको आवश्यकता औल्याउनु भएको छ । राजाले आफ्नो सन्देशमा प्रजातन्त्र स्थापनाका लागि योगदान दिने राजा त्रिभुवन र सहिदहरूको सम्झना गर्दै उनीहरूप्रति श्रद्धासुमन अर्पण गर्नु भएको छ ।

केही महिनाको झापा बसाइपछि काठमाडौं फर्किँदा गत फागुन २१ गते स्वागत गर्ने सर्वसाधारण, आदिवासी र नागरिकप्रति उहाँले कृतज्ञता व्यक्त गर्नु भएको छ ।। उहाँलाई स्वागत गर्ने कार्यक्रमको संयोजन गरेका दुर्गा प्रसाईं अहिले सरकारको हिरासतमा छन् ।

उहाँले देश अहिले असामान्य र संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै द्वन्द्व रोक्न र सद्भाव बढाउन सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिनु भएको छ । ‘देशको अस्मिता र अस्तित्व नै संकटमा परेको महसुस जनताले गरेका छन्,’ राजाले भन्नु भएको छ ।।

राजाले प्रजातन्त्रमा संवैधानिक प्रक्रिया र आवधिक निर्वाचन आवश्यक भए पनि वर्तमान अवस्थामा राष्ट्रिय समस्याको समाधान नजिक नभएसम्म निर्वाचनमा जानु उपयुक्त नहुने बताउनु भयो ।

‘प्रजातन्त्रमा राजनीतिक प्रक्रिया संवैधानिक मान्यताअनुसार चल्नुपर्छ। प्रजातन्त्रमा आवधिक निर्वाचन स्वभाविक पनि हो’, उहाँले भन्नुभयो, ‘तर अहिले मुलुकमा पहिलो शर्त राष्ट्रिय समस्याको समाधान हो । राष्ट्रिय समस्याको समाधानका लागि सर्वपक्षीय पहल गरेर मात्रै निर्वाचनमा जानु उचित हुन्छ । फेरि अर्को द्वन्द्व हुन नदिन सबैलाई समझदारीमा ल्याएर मात्रै निर्वाचनमा जाँदा देशले सही बाटो समात्ने थियो ।’

उहाँले अधिकार मात्रै खोज्ने तर कर्तव्य पालना नगर्ने प्रवृत्ति बढेको बताउनुभयो र सबैलाई कर्तव्यवोधको आधारमा देशलाई संकटबाट निकाल्न आग्रह गर्नु भएको छ ।

सन्देशमा राजाले देशको भूगोल र प्राकृतिक प्रणाली अनुसार मात्र स्थायित्व सम्भव भएको र व्यवस्थाका राम्रा पक्षलाई कायम राख्दै जनताको जीवन सरल बनाउँदै जानुपर्ने कुरामा पनि जोड दिनु भएको छ ।

‘देशको भूबनोट र प्रकृति अुनसाारको प्रणालीले मात्रै देशलाई स्थायित्व दिन सक्छ। कुनै व्यवस्थाका राम्रा र असल पक्ष राख्नुपर्छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  ११ : ३८ बजे