दीपावली अब सबै धर्मावलम्बीको साझा पर्व: घिमिरे


१ कार्तिक २०८२, शुक्रबार  

98
Shares


३१ असोज जितपुर
तिहार सम्पूर्ण धर्मावलम्बीहरूको साझा पर्व बनिसकेको होराइजन अंग्रेजी आवासीय माध्यमिक विद्यालयका प्रधानाध्यापक वासुदेव घिमिरेले बताउनुभएको छ।

विद्यालयले आयोजना गरेको बृहत देउसी भैलो कार्यक्रम २०८२ लाई सम्बोधन गर्दै प्राचार्य घिमिरेले भन्नुभयो असत्यमाथि सत्यको जितको उल्लासको रुपमा विभिन्न धर्मावलम्बीहरूले घरघरमा दीपावली गरेर तथा तथा विभिन्न सांस्कृतिक कार्यक्रमहरू गरेर दीपावली पर्व मनाउन थालेकोले तिहार सबैको साझा पर्व बनेको बताउनुभएको हो।

विद्यार्थीहरूले कला पस्किसकेपछि प्राचार्य घिमिरेले शैक्षिक क्रियाकलापमा मात्रै नभई अतिरिक्त क्रियाकलापमा समेत सर्वोत्कृष्ट प्रस्तुति राख्ने विद्यार्थीहरुलाई विद्यालयले विशेष छात्रवृत्तिको व्यवस्था गरेको स्मरण गराउँदै अतिरिक्त क्रियाकलापमा सहभागी हुनको लागि उत्प्रेरणा प्रदान गर्नुभयो।

विद्यार्थीहरूको उत्साहजनक सहभागिता तथा उपस्थितिमा सम्पन्न देउसी भैलो कार्यक्रममा विद्यार्थीहरूले दीपावली पर्व तिहार पर्वको महिमाको चर्चा गरेका छन्। साथै उनीहरूले नेपालको परम्परागत कला संस्कृति झल्किने गरी वृहत देउसी भैलो खेलेका छन्।
दानस्वरूप र पुरस्कार स्वरूप विद्यालयले उत्कृष्ट प्रतिभा प्रस्तुत गर्ने विद्यार्थीहरुलाई सम्मानित गरेको विद्यालयका संयोजक मोहन प्रसाद बेलबासेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १ कार्तिक २०८२, शुक्रबार  ७ : ०८ बजे